थप १२०४ जनामा काेराेना संक्रमण पुष्टि, मृत्यु हुनेकाे संख्य ४०१ पुग्याे

Sep 19, 2020 04:46 PM Merolagani

शनिबार थप १२०४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याेसंगै नेपालमा संक्रमितकाे संख्या ६२ हजार ६९७ पुगेकाे छ। 

यस्तै काेराेना भाईरसका कारण थप ११ जनाकाेे मृत्यु भएकाे छ। नेपालमा काेराेनाबाट मृत्यु हुनेकाेे संख्या ४०१ पुगेकाे छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना डिस्चार्ज भएका छन् । याेसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार २६८ पुगेको छ । कुल संक्रमित मध्ये ७२ प्रतिशन निकाे भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  हाल १७ हजार १२९ जना सक्रिय संक्रमित छन् । 

पछिल्लाे २४ घण्टामा १० हजार ३३३ जनाको पिसिआर परीक्षण भएको छ। 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।