बैंक अफ काठमाण्डूको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

Sep 20, 2020 08:37 AM Merolagani

बैंक अफ काठमाण्डू (BOKL) को लिलामी शेयरमा आवेदन गर्ने असाेज ४ गते अन्तिम दिन रहेको छ। बैंकको लिलामी शेयर खरिदका लागि आज बैंकिंग समयसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

बैंकले गत भदौ १ गतेदेखि ८ गतेसम्म संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो। निषेधाज्ञाका कारण सो म्याद थप गरी भदौ १५ गते पुर्याइएको थियो। तर, सो अवधिसम्ममा पनि उपत्यकमा निषेधाज्ञा जारी नै रहेकोले भदौ ३० गतेखदेखिपुनः बिक्री खुल्ला गरेको थियो।

बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र असोज ५ गते बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।