मेगा बैंकको १८ लाख ४० हजार कित्ता शेयर लिलामीमा

Sep 20, 2020 09:34 AM Merolagani

मेगा बैंक (MEGA) ले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असाे ११ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ। बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो।

बैंकले २०७४ भदाै २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।


लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्ममो लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

लिलामी शेयरमा आवेदन गर्दा न्युनतम १ सय रुपैयनाँ अंकित गरी प्रतिशपर्धात्मक गोप्य शिलबन्दि बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफुले दिन चाहेको शेयर सँख्या र मल्य उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म लिलामी शेयर खरिदकाे लागि गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामी शेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत आवेदन पेश गर्न सकिने छ।

बैंककाे शेयर असाेज १ गते प्रतिकित्ता २२८  रूपैयाँमा अन्तिम काराेबार भएकाे थियाे।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।