नेकपाको सचिवालय बैंठक बस्दै, अर्थमन्त्रीमा गौतम, पौडेल र पाण्डेमध्ये एकलाई ल्याउने बिषयमा छलफल

Sep 20, 2020 09:16 AM merolagani

विष्णु बेल्वासे

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैंठकमा मन्त्रिपरिषद पुनर्गठनको बिषयले प्राथमिकता पाउने भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाप्त भएसँगै आज बस्न लागेको सचिवालय बैठकमा मन्त्रिपरिषदको पुनर्गठनका बिषयमा छलफल हुने भएको छ ।

पार्टी उपाध्यक्ष बामदेब गौतमलाई अर्थमन्त्रालय नदिने हो भने महासचिव विष्णु पौडेल वा सुरेन्द्र पाण्डेमध्ये एकलाई अर्थमन्त्री बनाउने बिषयमा छलफल हुने नेकपाका एक नेताले बताए ।

महासचिव पौडेल पार्टी काममा व्यस्त रहनु पर्ने भयो भने पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको पनि ती नेताले बताए । पूर्व प्रधानमन्त्री माधव नेपालले पहिलेदेखि नै पाण्डेलाई अर्थमन्त्रीको जिम्मेवारी दिनु पर्नेमा जोड दिँदै आएका छन् ।

मन्त्रिपरिषदको पुनर्गठन भएमा गौतम, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, पौडेल नयाँ मन्त्री हुने सम्भावना बढेको छ । अहिलेका गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीबाट हटने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएदेखि नै मन्त्री भएकालाई विदा गरी उक्त ठाउँमा नयाँ अनुहार ल्याउने योजना सहित मन्त्रिपरिषद पुनर्गठन गर्ने अभियानमा  लागेका छन् ।

पछिल्लो समय मन्त्रिपरिषदको पुनर्गठनका लागि प्रधानमन्त्री ओलीले आफू निकट नेतासँगको छलफललाई तिब्रता दिएका छन् ।

दशैंअघि नै मन्त्रिपरिषदको पुनगर्ठन हुने सम्भावना रहेको छ । प्रधानमन्त्री ओलीले पुराना मन्त्रीहरुलाई विदा दिएर त्यसको ठाउँमा नयाँ अनुहार ल्याउने गरी काम थालेको बालुवाटार स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने मनस्थिति बनाएका छन् । तर, उनले महाधिवेशनको समय नजिकिदै आएकाले आफू त्यतातिर केन्द्रीत हुनु परेकोले अर्थमन्त्रीको जिम्मेबारीमा बस्न नसक्ने बताएपछि प्रधानमन्त्री ओली उक्त मन्त्रालयको जिम्मेबारी समेत आफै राख्दै आएका छन् । तर, यसरी अर्थमन्त्रालयको जिम्मेबारी आफैमा राख्दा प्रतिउत्पादक हुने ठहर उनको छ ।

प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई बिशेष आर्थिक सल्लाहकार रुपमा ल्याएका छन् र उनैको सल्लाह अनुसार अर्थमन्त्रालय सञ्चालन गर्दै आएका छन् ।

हालै बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री ओलीको चाहना विपरित बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गरिएकाे थियो । बामदेव र नारायणकाजीले मन्त्री बन्ने आकांक्षा राखेपछि प्रधानमन्त्री ओलीलाई ती नेतालाई कुन मन्त्रालय सुम्पने भन्ने समस्या परेको छ ।

अहिले नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ईश्वर पोखरेल र वादलसहितलाई बिदा गरेर नयाँ मापदण्डसहित क्याबिनेट पुनर्गठन हुनुपर्ने अडान राख्दै आएको बालुवाटार स्रोत बताउँछ । तर, ओलीले आफूलाई साथ दिएका पोखरेललाई बिदा गर्न चाहेका छैनन् ।

प्रधानमन्त्री ओली पार्टीभित्रको सन्तुलन र आगामी महाधिवेशनलाई समेत ध्यानमा राखेर मन्त्रीपरिषद हेरफेर गर्ने तयारीमा रहेको उनका निकटहरु बताउँछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।