अनलाइन कारोबारमा कोल्याट्रल थप्दा पनि काराेबार गर्न नपाएकाे लगानीकर्ताकाे गुनासाे

Sep 21, 2020 01:14 PM Merolagani

शेयर बजारमा अहिले अधिकाँश लगानीकर्ताहरु अनलाइन मार्फत शेयर कारोबार गर्छन।अनलाइन मार्फत शेयर कारोबार गर्दा लगानीकर्ताले अनेकौ समस्या व्यहोर्नु परेको छ।

केहि लगानीकर्ताले भने ब्रोकर कम्पनीमा राख्नुपर्ने कोल्याट्रल थप्दै जाँदा पनि थप कारोबार गर्न नपाएको गुनासो गरेका छन्। शेयर बजारमा एक सक्रिय लगानीकर्ता भन्छन् "कोल्याट्रल थप्दै जाँदा पनि टिएमएसमा काेल्याट्रल प्रयाेग भइसकेकाे देखिएकाे कारण कारोबार नै गर्न पाएको छैन।"

उनका अनुसार उनले शुरुमा २५ हजार रुपैयाँ कोल्याट्रल लोड गरेका थिए। त्यसमा २४ हजार रुपैयाँ युटिलाइज देखियो। सो पश्चात थप २५ हजार रुपैयाँ कोल्याट्रल थपेर कुल ५० हजार कोल्याट्रल पुर्याइए। तर कारोबार नै नगर्दा पनि पुनः ४४ हजार रुपैयाँ युटिलाइज देखियो।

अहिले उनले कोल्याट्रल थपेर १ लाख ५० हजार रुपैयाँ पुर्याएका छन्। डेढ लाख कोल्याट्रल राख्दा ६ लाख रुपैयाँसम्म कारोबार गर्न पाउने भए पनि उनको टिएमएसमा अहिले ९९ प्रतिशत कोल्याट्रल प्रयोग भइसकेको देखिएको उनी बताउँछन्।

ब्रोकर कम्पनीलाई बारम्बार एसएमएस र फोन गरेर कोल्याट्रल रिलिज गरिदिन भनेपनि रिलिज नगरिदिएको कारण कारोबारमा समस्या भएको उनी बताउछन्। "मैले ब्रोकरलाई कोल्याट्रल रिलिज गर्न भन्दा पनि गरिदिएन। ब्रोकरले उक्त रकम रिलिज गर्न नट्लाई भन्नुस भन्याे । नट्मा पनि मैले फोन गरे तर फोन नै लागेन,लागेको बेला हेरिदन्छु भनेपनि मेरो समस्या सामाधान हुन सकेन" उनले भने। "१५ दिनभन्दा धेरै भयो मैले चाहेजति कारोबार गर्न पाएको छैन्।"

टिएमएसमार्फत काेल्याट्रल लाेड गर्दा सिस्टमले नै काराेबार लिमिट बढाइदिने भए पनि अन्य माध्यमबाट काेल्याट्रल थप्दा ब्राेकरलाइ सम्पर्क गरेर  लिमिट बढाउन सकिने एक ब्राेकर बताउछन्।

यता नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताले कारोबार गर्ने गरेको ब्रोकर कम्पनीले नै कोल्याट्रल रिलिज गर्न सक्ने बताएको छ। "ठुलै समस्या भए नेप्सेले हेर्ने हो। यो ब्रोकर कम्पनीहरुले नै हल गर्न सक्ने समस्या हुन्।" नेप्सेका एक अधिकारिले भने। 

अहिले लगानीकर्ताले अनलाइन मार्फत शेयर खरिद गर्नको लागि ब्रोकर कम्पनीमा २५ प्रतिशत मार्जिन राख्नुपर्ने हुन्छ। मानौ एक लगानीकर्ताले २० हजार कोल्याट्रल ब्रोकर कम्पनीमा राखेका छन भने उनले ८० हजार रुपैयाँसम्मको शेयर खरिद गर्न पाउँछन्। तर अहिले सो रकम बराबरको शेयर कारोबार गर्न नपाएकाे लगानीकर्ताकाे गुनासाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।