दशैको मुखमा १० प्रतिशत सुन व्यवसायी पलायन,सुन पसलमा छैनन् ग्राहक, सबै सुनसान

Sep 21, 2020 08:25 AM Merolagani

दशैंको मुखमा १० प्रतिशत सुन व्यवसायी पलायनको अवस्थामा पुगेका छन्। सुन कारोबारमा आएको मन्दीका कारण व्यवसायी व्यवसायबाटै पलायनको अवस्थामा पुगेका हुन्।

गएको ६ महिनादेखि सुन कारोबार ठप्प प्राय छ। कारोबार नै ठप्प भएपछि पसल भाडा र कर्मचारी लागत धान्न नसक्ने भएपछि व्यवसायीले पलायनको बाटो रोजेका हुन्। त्यस मध्ये केही त पलायन समेत भइसकेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताए। "महासंघमा आबद्ध करिब १० प्रतिशत व्यवसायी पलायनको अवस्थामा छन्" शाक्यले भने। जसमा केही व्यवसायी पलायन समेत भइसकेको उनको भनाई छ।

महासंघमा भएको आन्तरिक छलफलमा अझै छ महिना व्यवसायमा यसैगरी मन्दी आउने आकलन गरिएको छ। व्यवसायीले अझै ६ महिना कारोबार नचल्ने निष्कर्ष निकालेका छन्। सोही अनुरूप तयारी अवस्थामा व्यवसायीले काम गरिरहेको शाक्यको भनाई छ।    

यता विगत पाँच महिना महिनादेखि ठप्प भएको सुन आयात भदौबाट सुरु भएको छ। भदौमा वाणिज्य बैकहरूले ५० किलो सुन आयात गर्दै सुनको आयातलाई पुन सुचारु गरेका हुन्। बैकहरूले कोभिडको सङ्क्रमण सुरु भएको महिना फागुनदेखि सुन आयात रोकेका थिए। त्यसपछि एकै पटक भदौमा ५० किलो सुन आयात भएको नेपाल बैंकस संघले जनाएको छ। "फागुन देखिनै सुन आयात भएको थिएन। गत भदौमा जम्मा ५० किलो सुन आयात भएको छ" संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले मेरो लगानीसँग भने।

सुन खपत ह्वात्तै घटेपछि सुनको आयात रोकिएको संघले जनाएको छ। कोरोनाको कारण सुन व्यवसाय नचलेपछि बैकहरूले सुन आयात गरेका थिएनन्।

सुनको कारोबार नभएपछि सुनका गर गहना बनाउने कालीगड समेत बेरोजगार भएका छन्। व्यवसायीले सुनको गर गहनाको माग नै नआएपछि सबै जसो कालीगडलाई बिदा दिएका छन्। काठमाडाैंमा फ्याट्ट फुट्ट मात्रै कालीगड छन्। भएका कालीगडले समेत अझै भने जस्तो काम पाएका छैनन्। काम नभएर घर फर्किएका सुनका गर गहना बनाउने कालीगड अझै फर्किएका छैनन्। कामको चाप अझै नदेखिएका कारण कारण उनीहरू नफर्किएका हुन्।

यसपालीको दशैं व्यवसायीले त्यसै जाने अनुमान गरिरहेका छन्। किनकि आयातित सुनको मागले समेत त्यस्तै संकेत गरिरहेको शाक्यको भनाइ छ। अघिल्लो वर्षदेखि नै सुनको मूल्य लगातार उकालो लागेको छ। लगातार सुनको मूल्य उकालो लागेका कारण गत वर्षदेखि नै सुनको माग घट्दै गएको शाक्यको भनाइ छ। गत वर्ष सुनको मूल्य बढेर सुन खपत भएन । यस वर्ष कोभिडका कारण व्यवसायी थप नोक्सानमा परेका छन्।

गत आर्थिक वर्ष २४ सय किलो सुन आयात भएको भन्सार विभागको भनाइ छ। यस वर्ष भने गएको दुई महिनामा जम्मा ५० किलो सुन आयात भएको विभागले जनाएको छ। जबकि यस अघिको वर्ष मासिक तीन सय किलो सुन खपत हुने गरेको थियो । अघिल्लो वर्ष दैनिक चार देखि पाँच किलो सुन बिक्री हुने गरेको थियो।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।