गुराँस लाइफले करिब ६ लाख कित्ता अवितरित हकप्रद लिलाम बिक्री गर्ने

Sep 21, 2020 07:33 AM Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले करिब ६ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको ५ लाख ९० हजार १४ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो। बिक्री गरिने शेयरमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने २ लाख ५२ हजार ४४९ कित्ता शेयर सर्वसाधारण समूहको रहेको छ।

सो शेयर खरिदका लागि असोज १३ गतेदेखि १९ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रति व्यक्ति सीमाको अधिमा रहने गरी सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ्ग शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।