प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो तेस्रो वार्षिक साधारण सभा

Sep 21, 2020 07:46 AM Merolagani

प्रभु लाइफ इन्स्योरेन्सले असोज २९ गते, बिहीबार काठमाडौँ, म्यारियट होटल, नक्सालमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ।

यसका साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।