आर्थिक सुधारकाे बाटाेमा साना व्यवसायले डाेर्याउन सक्छन्

Sep 22, 2020 08:24 PM Merolagani

हालैको महिनामा कोरोना महामारीको त्रासदी झेलेसँगै बढ्दो संकेतकाे अनुमान गर्न सहज भएको छ। जब हाम्रो ध्यान कोरोना भाइरसले बढ्दै गरेको मृत्यु र आकाशिदै गरेको बेरोजगारीहरुमा थियो, त्यति नै बेला लाखौँ साना उद्यमीहरु अस्तित्व जोगाउन अन्तिम प्रयासमा थिए। यो व्यवसायले करिब आधा अमेरिकीहरुलाई रोजगारी दिन्छ। र एकपटक महामारी कम भयो भने तिनीहरुको रिकभरीमा मद्दत मिल्नेछ।

शटडाउनको पहिलो दुई महिनामा साना व्यवसायहरुको राजस्वमा ४० प्रतिशतभन्दा बढी गिरावट आयो। केही समयका लागि तिनीहरु नगदी भण्डार गर्नका लागि सक्षम थिए। तर, जुलाईसम्ममा ४ लाख २० हजारभन्दा बढी साना व्यवसायहरु गुमिसकेका थिए।

केही उद्योगहरुको अवस्था नाजुक छ र शटडाउनको चरम सीमामा, अवकाश र आतिथ्यमा राजस्व ७० प्रतिशतभन्दा तल थियो। जुलाईसम्म करिब १४ लाख मानिसहरुलाई रोजगार दिने १३ प्रतिशतभन्दा बढी अमेरिकी रेष्टुराँहरु स्थायी रुपमा बन्द भएका थिए। एक आशावादी परिदृश्यमा पनि साना व्यवसायहरु महामारीको चरम अवस्थाभन्दा कम्तीमा ५० प्रतिशतभन्दा बढी बन्द हुन सक्नेछ।

यस महामारीद्वारा सिर्जित मन्दी अधिक असामान्य छ। सामाजिक दुरीका कारण गतिविधिमा कमीले परम्परागत प्रोत्साहनद्वारा अफसेट हुन सक्दैन। स्थानीय अधिकारीहरुद्वारा बन्द गरिएको बार कुनै राशी बिना नै खुल्न गइरहेको छ, यसबाट बारटेन्डरहरुलाई काममा फिर्ता ल्याउनका लागि वा भाडा भुक्तानीका लागि मद्दत हुनेछ। यसको मतलब साना व्यवसायहरुलाई प्रत्यक्ष समर्थनको आवश्यकता छ।

मार्चमा, जब हामीले सरकारबाट भाइरसलाई दबाउनका लागि के गर्ने अपेक्षा गरेकाे थियाे, कांग्रेसले दुई महिनाका लागि लाखौँ व्यवसायहरुलाई चलाउनका लागि आधा ट्रिलियन डलर प्रदान गरेको थियो। त्यो समय किन्नका लागि थियो। करिब हरेक उन्नत देशहरुले यसो गरेका थिए। विश्वका अधिकांश भागमा, सामुदायिक प्रसारण रोकिएको थियो, जसबाट लकडाउन समाप्त गर्दै जीवन सामान्य स्थितिमा फर्कियो। तर अमेरिकाले त्यसो गरेन।

यसको सट्टा, हाम्रो व्यवसाय प्रतिकुल र अनिश्चित वातावरणमा फेरि खुल्यो। संकट शुरु भएको ६ महिनापछि साना व्यवसायको राजस्व संकट पूर्वको अवस्थाभन्दा अधिक मात्रामा तल आएको छ। जबसम्म यो रोग निरन्तर फैलिरहन्छ, नियमहरु र नियन्त्रणका उपायहरुको लागतमा भारी मात्रामा वृद्धि जारी रहनेछ। यद्यपी भविष्यका बारेमा भने स्पष्टता छैन। हामी कहिले भाइरसको चरम अवस्थामा पुग्छौँ? भ्याक्सिन कहिलेसम्म आउला? जब भ्याक्सिन आइपुग्छ, तब त्यसले काम गर्ला?

यस्तो लाग्छ कि, हामी केही समयका लागि कोभिड–१९ का साथ बाँचिरहेका छौँ। एउटा ‘भी आकारको रिकभरी’ को आशा लामो समयसम्मका लागि छोडिदिनुपर्नेछ। भाइरसलाई दबाउने क्रममा हरेक साना व्यवसायलाई फ्रीज राख्ने महत्वकांक्षाहरु र फेरि ती सबैलाई अर्थव्यवस्थाको रुपमा फेरि चलाउनु, तिनीहरुको समाप्तीको म्याद सकिसकेको छ। हामीले यो संकटको जवाफ दिनैपर्छ, किनकि यो आज पनि जारी छ।

सयौँ, हजारौँ साना व्यवसाय र लाखौँ रोजगारीहरु, जसका लागि जो जिम्मेवार थिए तिनीहरु गए। त्यहाँ अब हामीले गर्न सक्ने केही छैन तर हामी अझै पनि ती मानिसहरुलाई मद्दत गर्नका लागि केही गर्न सक्छौँ, जो अझैँ बाँकी छन्।

प्रभावकारी समर्थन अवश्य पनि महंगो हुनेछ। तर, निष्क्रियताको परिणाम भयानक हुनेछ। अतिरिक्त साना व्यवसाय असफलताको एउटा ठूलो मात्राले कंगालपन प्रक्रियालाई झुकाउनेछ र पहिले नै बोझका रुपमा रहेको बेरोजगारी बीमा प्रणालीमा जोड दिनेछ। व्यवसायहरु स्वयमले विशाल मूल्यको प्रतिनिधित्व गर्दछन्, जो आफै हराउनेछन्, जसमा व्यवसायहरु र त्यसका कर्मचारीहरु, आपूर्तिकर्ता र ग्राहकका बीचको सम्बन्ध शामिल छ। यो नोक्सानीबाट अर्थव्यवस्थामा लामो असर पर्नेछ। ठूलो मन्दीको समयमा गुमाएका व्यवसायहरुको संख्या पुर्नप्राप्ति गर्नमा एक दशकभन्दा अधिक समय लाग्यो।

बुकिङ्स इंस्टीट्यूशनद्वारा केही दिन पहिले जारी गरिएको हमिल्टन प्रोजेक्ट पोलिसी प्रस्ताव अनुसार, म रिफण्डेबल ट्याक्स क्रेडिटका रुपमा साना व्यवसायहरुलाई एउटा महत्वपूर्ण बढावा दिनका लागि वकालत गर्छु, त्यो भनेको कर क्रेडिट हो, जुन कुनै व्यवसायको कुल कर बिलभन्दा अधिक हुनसक्छ। यो क्रेडिट १५ हजार डलर प्रतित्रैमासिक ज्यालाको ८० प्रतिशतसम्म र नन पेरोल लागत कभर गर्नका लागि जस्तैः भाडा, ब्याज, उपभोग र कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्रत्येक १० कर्मचारीहरुका लागि अतिरिक्त ५ हजार भुक्तानी गर्नेछ। क्रेडिट केबल ती व्यवसायहरुलाई उपलब्ध हुनेछ, जोसँग ५०० भन्दा कम कर्मचारीहरु छन् र जसको आम्दानीमा संकट शुरु भएपछि कम्तीमा ३० प्रतिशतले गिरावट आएको छ ।

राहत प्याकेजले त्यति उदार हुन सक्दैन न त यो त्यति डरलाग्दो नै, जस्तो मार्चमा थियो। तर यो प्रस्तावबाट ठूलो फरक पर्नेछ। यसले ठूलो संख्यामा साना व्यवसायहरुलाई बन्द हुनबाट रोक्नेछ र उनीहरुका लागि कर्मचारीहरुलाई कायम राख्न र नयाँ मानिसहरुलाई नियुक्ति गर्नका लागि एउटा शक्तिशाली प्रोत्साहन उत्पन्न गर्नेछ। यसले अर्थव्यवस्थाको रक्षा गर्न मद्दत गर्नेछ, ताकि हामी भाइरसलाई हराएपछि फेरि बाउन्स गर्न सक्छौँ। यो स्पष्ट छ कि, हामी लाखौँ संघर्षरत साना व्यवसायहरुका लागि कार्य गर्न सक्छौँ।

(वासिङ्गटन पाेष्टमा प्रकाशित जर्ज वासिङ्गटन युनिभर्सिटीका सहप्राध्यापक स्टिभन हेमिल्टनकाे विचार)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।