सिभिल बैंकको स्पष्टिकरण, 'हिमालयन बैंकले प्राप्ति गर्ने हल्ला मात्रै'

Sep 21, 2020 11:26 AM Merolagani

सिभिल बैंक (CBL) लाई हिमालयन बैंकले प्राप्ति गर्नेबारे आएका सामाचारहरु हल्ला मात्रै भएको जनाएको छ। सिभिल बैंकले नेप्सेलाई जवाफ दिँदै हिमालयन बैंकले प्राप्ति गर्ने विषय हल्ला मात्रै भएको जनाएको हो।

बैंकले हिमालयन बैंकले प्राप्ति गर्ने विषयमा समाचारहरुमा कुनै तथ्य नरहेको जनाएको छ। बैंकले समाचारमा आएजस्तो कुनैपनि औपचारिक निर्णय नभएको र बैंकले आधिकारिक रुपमा त्यस्तो खालको समाचार समप्रेषण नगरेको जनाएको छ।

आइतबार सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने हल्लाले चलेकाे थियाे। बैंकबारे चलेकाे हल्लाले बैंककाे शेयरमूल्यमा सर्किट लागेकाे थियाे। त्यसपछि नेप्सेले बैंकलाई स्पष्टिकरण माग गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।