एनएमबि क्यापिटलको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल १ (NMBHF1) को इकाईधनीहरुलाई कर सहित ८ प्रतिशत र एनएमबि ५० (NMB50) को इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनको लागि दुबै योजनाहरुको इकाईधनी दर्ता किताब असोज १६ गतेदेखि बन्द हुने भएकाले असोज १५ गतेसम्म कायम भएका इकाइधनीहरुले प्रतिफल प्राप्त गर्ने छन्।