युनाईटड फाइनान्सको शेयरमूल्यमा पोजेटिभ सर्किट, किन बढ्यो मूल्य ?

Sep 21, 2020 12:18 PM Merolagani

सोमबार युनाइटेड फाइनान्स (UFL) को शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यस दिन फाइनान्सको शेयरमूल्य १० प्रतिशत अर्थात २० रुपैयाँ बढेर २२० रुपैयाँ पुगेको हो।

फाइनान्सलाई नबिल बैंकले प्राप्ति गर्ने हल्ला चलेपछि शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो। तर, फाइनान्सका एक उच्च अधिकारीले त्यसमा कुनै सत्यता नरहेको मेरो लगानीलाई बताए। उनले भने, ‘नबिल बैंक र युनाइटेड फाइनान्समा चाैधरी ग्रुपकाे क्रश होल्डिङ्ग छ। तर मर्जर तथा प्राप्ति जाने कुनै औपचारीक कुरा भएको छैन। हल्लाकाे पछि नलागाैं।’ 

फाइनान्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेसंगै खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता भने शून्य रहेको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।