धरान उपमहानगरपालिकाको कर भुक्तानी कनेक्ट आइपीएस मार्फत

Sep 21, 2020 02:12 PM Merolagani

धरान उपमहानगरपालिकाले स्थानिय सरकारको कर भुक्तानी समेत अनलाईनबाटै गराउने गरी तिर्नुपर्ने सबै कर भुक्तानी कनेक्ट आइपीएस इपेमेन्ट मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ ।  धरान उपमहानगरपालिकालाई कनेक्ट आइपीएसमा राष्ट्रिय वाणिज्य बैंक मार्फत आबद्ध गराइएको हो ।

यस सुविधा सँगै करदाताले उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गरी कनेक्ट आइपीएस इपेमेन्ट मार्फत अनलाईनबाटै भुक्तानी गर्न सक्नेछन् । साथै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाईन भुक्तानी प्रणालीले थप सहजता हुने विश्वास गरिएको छ ।

यस उपमहानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय मार्फत एक पटक मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गरी सके पछि www.eservice.dharan.gov.npdf गई आफ्नो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपीएस मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् । यसरी अनलाईन कर तिर्नका निम्ति करदाताले कनेक्ट आइपीएस प्रणालीमा पनि आफू अथवा भुक्तानी गर्न सहयोग गर्ने व्यक्ति आबद्ध भएको हुनुपर्ने हुन्छ ।

 

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।