लघुवित्तलाई धेरै ब्याज लिएर ‘सामन्त’ भए भन्दा चित्त दुख्छः लम्साल

Sep 21, 2020 01:16 PM Merolagani

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्तलाई धेरै ब्याज लिएर ‘सामन्त’ भए भन्दा चित्त दुख्ने बताएका छन् ।

लघुवित्तले केही समयअघिसम्म १३–१४ प्रतिशत ब्याज बैंकबाट लिएर १८ प्रतिशतमा ऋण प्रवाह गर्दा पनि सामन्तको दर्जा दिइएकोमा चित्त दुखाइको बिषय भएको उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र माइक्रोफाइनान्स एशोसियसन अफ नेपाल (म्यान) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लम्सालले बैंकबाट कति ब्याजदरमा रकम लिएर लगानी गरिरहेका छन्, त्यतातिर हेर्दै नहेरी लघुवित्तलाई सामन्तको उपमा दिनु जायज नहुने तर्क उनको थियो । ‘१३–१४ प्रतिशत ब्याज बैंकबाट लिएर १८ प्रतिशतमा लगानी गर्दा सामन्त हुने हो र?’ उनले भने, ‘दुर्गम क्षेत्रमा घर दैलोमा गएर ऋण प्रवाह गर्दा प्रशासनिक खर्च धेरै हुने गरेको छ । यसतर्फ ध्यान नै नदिएर सामन्त भन्दा चित्त दुख्ने गरेको छ ।’

पुराना माइक्रोफाइनान्सले वितरण गर्ने लाभांशलाई हेरेर नयाँलाई पनि त्यही आँखाले हेर्न नहुने तर्क अध्यक्ष लम्सालको थियो । कोरोना भाइरसका कारण ऋण लिएर लगानी गर्ने रकम भुक्तानी गर्न सकेका छैनन् । यसले गर्दा खराव कर्जा पढन सक्ने अवस्था रहेको पनि उनले बताए । ‘औसतमा ५४ प्रतिशत कर्जा खराबमा रहेको छ,’ उनले भने, ‘असोज भित्र ऋणको किस्ता तिर्नु पर्ने व्यवस्था भएपनि उक्त अवधिभित्रमा दोब्वर किस्ता सक्ने अवस्थामा ग्राहकहरु छैनन् ।’

उक्त अवसरमा म्यानका अध्यक्ष भरत पोखरेल, महासचिव बाबुराम बिश्वकर्मा, लघुवित्त विश्लेषक डा. भरत थापालगायतले माइक्रोफाइनान्समा देखिएका समस्या सामाधान गर्न नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले पहल थाल्नु पर्ने बताए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।