शेयर मूल्य तलमाथि पार्न शौचालयकाे प्रयाेगदेखि मर्जरसम्मको ‘खेल’

Sep 21, 2020 03:11 PM Merolagani

शेयर मूल्य तलमाथि पार्ने काममा शौचालयको प्रयोगदेखि मर्जरसम्म हुने गरेको छ । खासगरी, आर्थिक वर्षको अन्त्यसम्मको खुद नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने चलन छ ।

 त्यस्तो बेलामा शौचालयको प्रयोग गरी अत्याधिक मात्रमा शेयरमा चलखेल हुने गरेको छ । पछिल्लो समय मर्जर र प्राप्तिमा पनि त्यस्तै चलखेल हुन थालेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीले कति लाभांश दिँदै छ भन्ने जानकारी सञ्चालक समितिका सदस्यले सुटुक्क शौचालय गएर आफ्नो व्यक्तिलाई भन्ने र त्यही अनुसार उक्त व्यक्तिले सो कम्पनीको शेयर किन्ने र आफुले उक्त कम्पनीको शेयर खरिद गरिसकेपछि हल्ला बजारमा हल्ला फैलाएर शेयरमा चलखेल गर्ने चलन पुरानो हो ।

यसरी, शौचालयको प्रयोग गरेर पनि शेयर मूल्य छिनभरमै आकाश पाताल पुर्याउने काम पनि गरिदै आएको छ । तर, केही समयदेखि यता शेयर मूल्यमा चलखेल गर्ने नयाँ तरिका मर्जरको ‘कार्ड’ प्याक्नेलाई पनि लिन थालिएको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रवक्ता मुराहरि पराजुलीले शेयर बजारमा चलखेल गर्न अनेक उपायहरु अपनाउने चलन नयाँ नभएको बताए । ‘केही वर्षअघि नेशनल हाइड्रो र बुटबल पावर कम्पनी मर्जरमा जान लागेको हल्ला पनि नचलेको होइन्,’ उनले भने, ‘हल्ला आउँछन्, तर त्यो हल्ला कतिको सत्यतता छ भन्ने कुरा हेर्नु पर्ने हुन्छ ।’

केही दिनयता ‘अब्बल’ दर्जाका बैंकसँग मर्जर हुने हल्ला चलाएर ‘कमजोर’ वित्तीय अवस्थाका कम्पनीको शेयर मूल्यमा चलखेल गर्ने क्रम सुरु भएको छ ।

साताको पहिलो दिन आइतबार हिमालयन बैैंकसँग सिभिल बैंक मर्जरमा जान लागेको हल्लाचलाएर सिभिल बैंकको शेयर मूल्य बढाउने काम भयो । आज (सोमबार) पुनः नबिल बैंकमा युनाइटेड फाइनान्स गाभिने हल्ला चलाएर पुनः युनाइटेड फाइनान्स कम्पनीको शेयर मूल्य बढाउने काम भएको छ ।

सोमबार युनाइटेड फाइनान्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लाग्न पुग्यो ।२०० रुपैयाँको हाराहारीमा किनबेच हुँदै आएको उक्त फाइनान्सको शेयरमूल्य १० प्रतिशत अर्थात २० रुपैयाँ बढेर २२० रुपैयाँसम्म पुग्यो ।

फाइनान्सलाई नबिल बैंकले प्राप्ति गर्ने हल्ला चलाए शेयरमूल्यमा पोजेटिभ सर्किट लाग्न पुगेको हो । तर, फाइनान्सका एक उच्च अधिकारीले त्यसमा कुनै सत्यता नरहेको मेरो लगानीलाई बताए । उनले भने, ‘नबिल बैंक र युनाइटेड फाइनान्समा चौधरी गु्रपको क्रश होल्डिङ्ग छ । तर मर्जर तथा प्राप्ति जाने कुनै औपचारीक कुरा भएको छैन । हल्लाको पछि नलागौं ।’

उक्त फाइनान्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेसँगै खरिदकर्ताको चाप बढेको थियो भने बिक्रीकर्ता देखिएका थिएनन् ।

युनाइटेड फाइनान्समा जस्तै हिजो (आइतबार) सिभिल बैंकको शेयर पनि बढाउन यस्तै हल्ला चलाइयो ।
हिमालयन बैंकले सिभिल बैंकलाई मर्जर गर्ने भन्ने हल्ला चलाइएपछि सिभिल बैंकका शेयर खरिद गर्न लगानीकर्ता तछाडमछाड गर्न पुगेका थिए ।

वाणिज्य बैंकमा पनि सबैभन्दा सस्तो सेयर मूल्य भएको सिभिल बैंकको कारोबारमा हिजो सकारात्मक सर्किट लाग्न पुगेको थियो । तर, आज सिभिल बैंकको शेयर मूल्य घटन पुगेको छ ।

हिजो कारोबार सुरु भएको आधा घन्टामा नै सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढन पुगेको थियो । १५६ को हाराहारीमा कारोबार भइरहेको सिभिल बैंकको शेयर बजारमा १० प्रतिशतले बढेर प्रतिकित्ता १६५ रुपैयाँ थियो ।

पछिल्लो समय मर्जर वा प्राप्तिको हल्ला चलाएर शेयरमा चलखेल गर्ने क्रम बढेको छ । सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्दै छ भन्ने बिषयलाई लिएर नेप्सेले सिभिल बैंकलाई स्पष्टिकरण सोध्ने काम पनि गरेको छ । तर, सिभिल बैंकले अहिलेसम्म औपचारिक रुपमा त्यस्तो प्रक्रिया अगाडि नबढेको प्रतिक्रिया नेप्सेलाई दिएको छ ।

आधिकारीक रुपमा केही नआउने तर अवाफ फैलाएर शेयर मूल्य बढाउने काम भइरहेको नेप्सेको भनाइ छ । तर, औपचारिक निर्णय नभएकाले कसैलाई कारवाही गर्ने कुरा पनि नभएको उसले प्रष्ट पारेको छ । सर्वसाधारण लगानीकर्ता आफै सचेत हुनु भन्दा अर्को बिकल्प नभएको नेप्सेको भनाइ छ ।

 

 

 

 

 

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।