अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले उक्त लाखौँ डलरको घोटालाबारे खुलासा गरेको हो।
व्रिटेनको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी कारोबारको माध्यमबाट हङकङमा एचएसबीसीको खातामा पैसा स्थानान्तरण गर्याे।
८० मिलियनको ठगीमा यसको भूमिका, लीक भएको बैंकको शंकास्पद गतिविधि रिपोर्ट जसलाई फिनसेन फायल्स भनिएको छ, त्यसमा विस्तृत रुपमा उल्लेख छ।
एचएसबीसीका अनुसार, यस प्रकारको गतिविधिको रिपोर्टिङका क्रममा यसले सधैँ आफ्नो कानुनी कर्तव्य पूरा गरेको छ।
बैंकलाइ मनी लन्ड्रिङकाे कसुरमा १.९ एक अर्ब ९० करोड डलर अर्थात् एक अर्ब ४० करोड पाउन्ड जरिवाना तिराइए लगत्तै साे लगानी घोटाला शुरू भएकाे उक्त फाइलले देखाउँछ। यसले यस्ता प्रकारका अभ्यासहरुलाई रोक्ने वाचा गरेको थियो।
यस्ताे स्क्यामलाइ पाेन्जी स्कीम भनिन्छ। पाेन्जी स्कीम एक त्यस्ताे लगानीकाे र्याकेट काे जसले नयाँ सदस्यबाट संकलन गरिएकाे रकम हाल कायम स्टेकहाेल्डरलाई तिर्छ।
यो खुलासा ‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको हो। यस अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधिबारे निगरानी गरी फिनसेनलाई जानकारी दिएका थिए।
ठगिएका लगानीकर्ताहरुका वकिल बैंकले धोकाधडी गर्नेहरुको खातालाई बन्द गर्नका लागि छिट्टै नै कदम चाल्नुपर्ने बताउँछन्।
सार्वजनिक भएको डकुमेन्टमा अन्य खुलासाको एउटा श्रृखंला पनि शामिल छ, जस्तैः अमेरिकामा सबैभन्दा ठूलो बैंकमध्येको एकले एउटा कुख्यात डकैतलाई एक अर्ब डलरभन्दा अधिक रकम स्थानान्तरण गर्न सहायता गरेको हुनसक्छ।
उक्त खुलासाले कसरी विश्वका केही सबैभन्दा ठूला बैंकहरु मार्फत् पैसा लुकाइयो र कसरी अपराधीहरुले आफ्नो पैसा लुकाउनका लागि गुमनाम व्रिटीश कम्पनीहरुको प्रयोग गरे भन्ने देखाउँछ।
लीक गरिएको सार्सलाई अमेरिकी वित्तीय प्रवर्तन नेटवर्क वा फिनसेनलाई सन् २००० र २०१७ का बीच पेश गरिएको थियो र करिब २ ट्रिलियन डलर मूल्यको लेनदेनलाई कभर गरिएको थियो।
फिनसेनले भनेको छ कि, 'उक्त लीकबाट अमेरिकी राष्ट्रिय सुरक्षा, जोखिमको अनुसन्धान र रिपोर्ट फाइल गर्नेहरुको सुरक्षामाथि खतरा हुनसक्छ।'
एचएसबीसीले जुन लगानी घोटालाका बारेमा चेतावनी दिएको थियो, त्यसलाई डब्ल्यूसीएम ७७७ भनिएको थियो। यसका कारण अप्रिल २०१४ मा क्यालिफोर्नियाको नपामा एउटा वाइन इस्टेटमा पानीमुनी भेट्टिएका लगानीकर्ता रेनल्डो पाचेकोको मृत्यु भयो।
एचएसबीसी हाल आफ्नो विश्वव्यापी बैंकिङ परिचालनको प्रमुख पुर्नगठनका साथ अगाडि बढिरहेको छ।
मुख्य कार्यकारी नोएल क्वीन, जसले आधिकारीक रुपमा मार्चमा पदभार सम्हालेका थिए, उनले भने, 'बैंक एशियामा अगाडि बढ्नेछ किनकि यसको यूरोपियन परिचालनबाट पैसा कम हुनेछ।'
शेयर मूल्य १९९५ पछिको सबैभन्दा तल्लो स्तरमा
विश्वभरमा लाखौँ डलर हस्तान्तरण गर्ने अनुमति दिएकाे थाहा पाएपछि एचएसबीसीको शेयर मूल्य हङकङमा सन् १९९५ पछिको सबैभन्दा तल्लो स्तरमा झरेको छ। सोमबार एशियाली कारोबारमा कम्पनीको शेयर मूल्यमा ४ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ।
यो वर्ष मात्र कम्पनीको शेयर मूल्य, जुन लण्डन स्टक एक्सचेञ्जमा पनि सूचीकत भयो, करिब ५० प्रतिशतले घटेको छ। बीबीसी