पछिल्लो २४ घण्टामा एक हजार १५४ जनामा कोभिड संक्रमण पुष्टि, थप १६ जनाले ज्यान गुमाए

Sep 21, 2020 04:26 PM Merolagani

पछिल्लो २४ घण्टामा एक हजार १५४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ पुष्टि हुनेको कुल संख्या ६५ हजार २७६ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १७ हजार ६११ जना छन् ।

 

यस्तै गत एक दिनमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार पाँच रहेको छ । हालसम्म भने देशभरमा कोरोना मुक्त हुने ४७ हजार २३८ जना छन् । अहिले क्वारेन्टिनमा सात हजार ४०३ जना छन् भने संस्थागत आइसोलेसनमा आठ हजार ९२१ जना र होम आइसोलेसनमा आठ हजार ६९० जना रहेका छन् । पछिल्लो एक दिनमा ९ हजार ५३३ पीसीआर परीक्षण भएको छ । योसँगै मुलुकमा कुल ९ लाख २३ हजार ८२३ पीसीआर परीक्षण भइसकेको छ ।

सोमबार नेपालमा थप १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म संक्रमणका कारण निधन हुनेको कुल संख्या ४२७ पुगेको छ । आज देशभरमा मृत्यु भएका संक्रमितहरुको विस्तृत विवरण यस्तो छ :

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।