लापरवाहको पराकाष्ठः दोस्रो बजारमा बर्षौँ शेयर कारोबार रोक्का हुँदा पनि नियामक निकाय बेखबर

Sep 22, 2020 11:03 AM Merolagani

  • सुधा देवकाेटा

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीहरु वर्षौसम्म कुनै खबरै नगरी गायब हुँदा समेत नियमनकारी नियकायहरु बेखबर जस्तै भएर बसेका छन्। दोस्रो बजारमा सूचीकत भएको कम्पनी वर्षौसम्म सरोकारवालाहरुलाई खबरै नगरी बजारबाट हराउदा समेत त्यसको खोजी नियामक निकायहरुले गरेको देखिँदैन।

नियामक निकायहरुको यस्तो लापरवाहले गर्दा साधारण लगानीकर्ताको लगानी धरापमा परेको छ। नेप्सेमा सूचीकृत सहारा विकास बैंकको शेयर विगत ४० महिना (करिब साढे ३ वर्ष) दोस्रो बजारमा कारोबार भएको छैन। जस कारण बैंकका साधारण शेयरधनीहरुले ठूलो क्षती व्यर्होनु परेको छ।

लामो समयसम्म लगानीकर्ताहरुको शेयर कारोबार रोक्का हुँदा र बैंकले कुनै खबर नगर्दा पनि धितोपत्र बजारका नियामक निकाय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले कुनै ठोस कदम लिएको देखिदैन। लगानीकर्ताहरुको लगानीको सुरक्षण गर्नुपर्ने नियामक निकायहरु नै यसरी निकम्मा भएर बस्दा लगानीकर्ताहरुले आफ्नो समस्या कसलाई पोख्ने र त्यसको समाधानको अपेक्षा कसबाट गर्ने?

के भन्छ नेप्से?

दोस्रो बजारको कारोबार सञ्चालन गर्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई यस विषयमा प्रश्न गर्दा धेरै समयदेखि सहारा विकास बैंकले नेप्सेमा कुनै खबर नगरेको जवाफ पाइएको छ। देवः विकास बैंकसँग एक्विजिशनमा जाने समयमा शेयर कारोबार रोक्का गर्ने सम्बन्धमा आएको सूचनापश्चात् कम्पनीको तर्फबाट कुनै जानकारी नआएको नेप्सेले बताएको छ।

दैनिक प्रत्यक्ष रुपमा धितोपत्र बजार सञ्चालन गरिरहेको नियामक निकायले यति लामो समयसम्म शेयर कारोबार रोक्का हुँदा पनि बैंकले कुनै खबर नगरेको बहाना बनाउनु लापरवाहको पराकाष्ठ हो।

नेपाल धितोपत्र बार्डको स्पष्टिकरण यस्तो

धितोपत्र कारोबार रोक्काको विषयमा आवश्यक जानकारीहरु सम्बन्धित कम्पनीसँग संकलन गरिरहेको नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीले बताएका छन्। बैंकको प्रत्यक्ष नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले निर्देशनको कारणले पनि कारोबार रोक्का भएको हुन सक्ने विषयमा अनुसन्धान भईरहेको केसीले बताए। त्यस विषय अध्ययनकै चरणमा भएकोले सूचनाहरु बाहिर ल्याउन नमिल्ने उनको भनाइ छ। कारोबार रोक्का भएको कारणले गर्दा सम्बन्धित कम्पनीलाई दण्ड सजाय के हुन्छ? भन्ने बारेमा स्पष्ट रुपमा भन्न नसकिने केसीले बताए।

साधारण शेयर बिक्री गरेको कम्पनीले वर्षौँसम्म शेयर कारोबार रोक्का गरेर सर्वसाधारणको सम्पत्ति बन्धक बनाएर गायब हुदाँ समेत धितोपत्र बोर्डसँग कम्पनीको बारेमा स्पष्ट जानकारी नहुन दुखःद रहेको सरोकारवालाहरु बताउछन्।

यस्तो भन्छ नेपाल राष्ट्र बैंक

देवः विकास बैंकसँगको एक्विजिशन सम्बन्धी सम्झौता तोडिएपछि बैंक स्वयंले धितोपत्र कारोबार रोक्का गर्न आवेदन गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ। साहारा विकास बैंकले देवः विकास बैंक र सहयोगी विकास बैंकसँग गाभ्ने गाभिने सम्झौता गरेको थियो। यसरी एक अर्कासँग गाभ्ने गाभिने प्रकृया चल्दै गर्दा साहारले राष्ट्र बैंकमा आएर धितोपत्र बजारमा हुने कारोबार रोक्का गर्नको लागि आवेदन गरेको राष्ट्र बैंकले बताएको छ। तर, बैंकले पुनः धितोपत्र कारोबार फुकुवा गर्नको लागि कुनै निवेदन नगरेको केन्द्रिय बैंकको भनाइ छ।

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षक विभागले बैंक नीतिगत रुपमा अपनाउनु पर्ने परिपालना, मर्जर तथा प्राप्ती र धितोपत्र कारोबारको विषयमा छलफलको लागि पटक पटक बोलाउदा समेत बैंकको तर्फबाट कुनै जवाफ नआएको बताएको छ।

नियामक निकायको निर्देशनलाई पटक पटक बेवास्ता गर्दा पनि कुनै कारवाही नगर्नुको कारण के हो? के केन्द्रिय बैंकले सो बैंकलाई कारवाही गर्नु आवश्यक नठानेको हो त? कि ‘बैंकले के गर्दो रहेछ म पनि हेरौँला’ भन्ने अहंकार पालेर बसेको हो? लगानीकर्ताहरु प्रश्न गर्छन्।

बैंकको भनाइ

बैंकले निष्काशन गरेको हकप्रद नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि मात्र शेयर कारोबार फुकुवा हुने बैंक सञ्चालक समितिका अध्यक्ष सुगन्ध प्रसाद गुप्ताले मेरोलगानीलाई बताए। बैंकको पूँजी वृद्धि तथा मर्जर सम्झौता गरेर आएपछि मात्र धितोपत्र फुकुवा गर्ने नेपाल राष्ट्र बैंकले बताएको गुप्ताको भनाइ छ।

अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने सम्झौता भएपनि शेयर प्रतिशत (स्वाप रेसियो) निमिल्ने हुँदा मर्जरको सम्झौता पटक पटक मर्जरको सम्झौता तोडिएको र त्यसकारण दोस्रो बजार कारोबार फुकुवा गर्न नपाएको गुप्ताको भनाई छ। तत्काल पनि अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने तथा गाभिने विषयमा छलफल भईरहेको हुदाँ केहि समय पछि कारोबार फुकुवा हुने गुप्ताले बताए।

के भएको थियो?

सहारा बैंकको देवः विकास बैंकसँग एक्विजिशन हुने प्रकृयामा रहँदाको समयमा दोस्रो बजारमा कारोबार रोक्का भएको थियो। तर, सहारा र देवः विकास बैंकको एक अर्कामा गाभिने सम्बन्धमा भएको सम्झौता तोडिएर देवः कुमारी बैंकसँग विलय भईसकेको छ। सहारा विकास बैंकको अझै दोस्रो बजारमा शेयर कारोबार रोक्का नै रहेको छ।

२०७४ जेठमा सहारा र देवः विकास बैंकसँग विलय हुने निर्णय गर्दै राष्ट्र बैंकमा आशय पत्र बु्झाएपछि उक्त बैंकको शेयर कारोबार रोक्का भएको हो। देवः विकास बैंकसँगको सैद्धान्तिक सहमति पश्चात कारोबार रोक्का भएको यस बैंकको शेयर हालसम्म कारोबार फुकुवा हुन सकेको छैन।

अब के?

अब बैंकले कारोबार फूकुवा गर्न भन्दै आएतापनि राष्ट्र बैंकले त्यती सहजै त्यसलाई फुकुवा गर्न सक्ने अवस्था नरहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ। बैंकले आफ्नोे पूँजीगत क्षमता वृद्धि गरेपछि र अर्को बैंकसँग मर्जर तथा प्राप्ती गर्ने सम्झौता गरेर आएपछि मात्र कारोबार खुल्ला गर्न सकिने राष्ट्र बैंकले बताएको छ।

बैंकको पूँजी नपुगेको कारणले नै शेयर करोबार रोक्नु पर्ने कारण नरहेको भएता पनि बैंकले ऐन, नियम र निर्देशन अनुसार पुरा गर्नुपर्ने कार्य नगरेको कारण समस्या देखिएको हुँदा धितोपत्र कारोबार मात्रै फुकुवा गर्न नसकिने केन्द्रिय बैंकको भनाई छ। राष्ट्र बैंकको जोड उक्त बैंक छिटो अन्य बैंकसँग मर्ज भएर आउनुमा जोड दिएको छ। उक्त बैंकले ऐन, नियम र निर्देशन अनुसार पुरा गर्नुपर्ने कार्य र मापदण्डहरु पुरा गरी आएको खण्डमा केन्द्रिय बैंकले शेयर रोक्का फुकुवा गरिदिने बताएको छ।

मर्जर तथा एक्विजिशनको नाममा लामो समयसम्म शेयर कारोबार रोक्का हुँदा शेयरधनीहरु मर्कामा पर्ने गरेका छन्। बैंकको शेयर लामो समयसम्म कारोबार रोक्का हुँदा शेयरधनीहरुको सम्पत्ती बन्धक बनेको छ।

यसरी विना कारण वर्षैसम्म कम्पनीको शेयर कारोबार रोक्का हुदाँ धितोपत्र बजारको नियमनकारी निकायले त्यसतर्फ विशेष ध्यान दिएको देखिँदैन। साधारण लगानीकर्ताको संरक्षण गर्ने निकाय नै यसरी कम्पनीको विषयमा बेखबर अवस्थामा रहेको छ।

यसरी कम्पनीहरुले मर्जको नाममा प्रक्रिया अगाडि बढाएर धितोपत्र बजारमा शेयर कारोबार रोक्का गरेको कम्पनीले अन्त्यमा शेयर समायोजन, संचालक र कर्मचारीको बिबाद नमिलेर मर्ज नै भाडिने गर्दा सम्बन्धीत कम्पनीका शेयरधनीहरुले धेरै नोक्सानी बेहोर्नु परेको लगानीकर्ताहरु बताउदै आएका छन्।

पटक पटक सम्झौता खारेज भएको सहार विकास बैंकले पुनः मर्ज तथा एक्विजिशनको लागि उपयुक्त संस्थाको खोजीमा लागेको छ। अब फेरि उक्त बैंक मर्ज तथा एक्विजिशनमा गएपछि अझै कति वर्ष यो बैंकको शेयर बन्धक रहने हो भन्ने यकिन गर्न सकिने अवस्था छैन।

सर्वसाधारणको पूँजी उठाएर खडा भएका कम्पनीहरुको करिब साढे तीन वर्ष धितोपत्र बजारमा कारोबार रोक्का गरी राख्दा कुनै ठोस कदम चाल्न नसक्नु आफैमा लज्जास्पद कुरा हो। निमनकारी निकाय यसैगरी कम्पनीहरुको क्रियाकलापको बारेमा बेखबर हुने हो भने भोलिका दिनमा अन्य कम्पनीहरुले पनि यस्ता गल्तिहरु नदोहो¥याउलान् भन्न सकिने अवस्था देखिदैन।

मर्ज र एक्विजिशनले संस्थाको वित्तीय क्षमता बढाउनुका साथै जोखिम घटाउने हुदाँ समग्रमा बजारको लागि सकारात्मक छ। तर यसको नाममा कम्पनीहरुको वर्षौँसम्म शेयर कारोबार रोक्का हुँदा साधारण लगानीकर्ताले धेरै समस्याहरु खोप्नु परेको छ। लगानीकर्ताहरुले व्यहोर्दै आएको यस्तो पीडा निर्मूल गर्न सम्बन्धित बैंकका संचालक र नियामकले ध्यान दिनुपर्ने देखिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।