एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले आजदेखि लाभांश बैंक खातामा जम्मा गर्ने

Sep 22, 2020 08:58 AM Merolagani

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डले गत आर्थिक वर्षको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ।

यी दुबै फण्डहरुले असोज ६ गते अर्थात आजदेखि लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो। एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई १२ प्रतिशत (कर सहित) र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) ले ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही दरमा इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिनेछ।

यी दुबै फण्डहरुले लाभां वितरण प्रयोजनार्थ भदौ २५ गते बुकक्लोज गरेका थिए। यस अनुसार भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।