मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

Sep 22, 2020 11:06 AM Merolagani

असोज ६ गते, मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको भाउको पनि मंगलबार तोलामा ९० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार चाँदी प्रतितोला  एक हजार ३२० रुपैयाँ तोकिएको थियो।

पछिल्लो एक साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। यस साता सुन प्रतितोला  ९७ हजारकै आसपासमा रहेको थियो । 

अन्तरराष्ट्रिय बजारमा पनि मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । सो बजारमा सुन प्रति अउन्स एक हजार ९१० बराबरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि यस दिन घटेर प्रति अउन्स २४ डलर भन्दा बढिमा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढेकाले सुनको मूल्य घटेको बताइएको छ । त्यसैको प्रभाव नेपाल सुनचाँदी बजारमा पनि परेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।