शिखर इन्स्योरेन्सले आव २०७५/७६ मुनाफाबाट लाभांश नबाँड्ने

Sep 22, 2020 11:19 AM Merolagani

शिखर इन्स्योरेन्स (SICL) ले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ।

इन्स्योरेन्सको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हाे।

त्यस्तै, कम्पनीको २०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्विकृतिको लागि बीमा समिति समक्ष पश गर्ने निर्णय गरेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उसले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

साथै विद्यमान कोरोनाभाइरसको नियन्त्रणका लागि स्थानीय निकायबाट जारी निर्देशनलाई समेत मध्यनजर गर्दै २०७६/७७ को वित्तीय विवरणहरुको बीमा समितिबाट सैद्धान्तिक सहमति पश्चात नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम वित्तीय विवरणहरु समेत बीमा समितिबाट स्विकृति लिई दुबै आवको साधारणसभा चाँडो भन्दा चाँडो सम्पन्न गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।