जीवन बीमा सम्बन्धि सचेतनामूलक भिडियो सार्वजनिक

Sep 22, 2020 11:51 AM Merolagani

जीवन बीमा सम्बन्धि सचेतनामूल भिडियो सार्वजनिक भएको छ । ‘जीवन बीमा गरौं सुरक्षित रहौं’ भन्ने नारा सहितको जनचेतनामूलक भिडियो औपचारिक रुपमा सार्वजनिक भएको हो ।

क्यापिटल न्यूज नेटवर्कले निर्माण गरेको सचेतनामूलक भिडियो इन्स्योरेन्स खवरको युट्युव च्यानलबाट औपचारिक रुपमा सार्वजनिक भएको हो ।

क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले जीवन बीमाको महत्व जनताको बीचमा पुर्याउन भिडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । जीवन बीमाबारे सचेतना जगाउने उद्देश्यले तयार पारिएको भिडियोले जनताका बीचमा जीवन बीमा बारे प्रचार प्रसारमा योगदान पुग्ने उनको भनाई छ ।

सिपी पुडासैनीको लेखन तथा निर्देशन रहेको जनचेतनामूलक भिडियोमा छोरा बुहारीबाट बुढेसकालमा घरबाट निकालिएका एक बृद्ध दम्पत्तीले जीवन बीमाको रकम निकालेर नयाँ घर बनाएर सुखी जीवन बिताएको दृष्य समावेश छ ।

जीवन बीमा सचेतनामूलक भिडियोमा नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरुले प्रायोजन गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।