समाज लघुवित्तको आइपीओ सूचीकरणमा किन हुँदैछ ढिलाई?

Sep 22, 2020 01:09 PM Merolagani

समाज लघुवित्तले सर्वसधारणमा आइपीओ जारी गरेको एक महिना बितिसक्दा पनि नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको शेयर सूचीकृत हुन सकेको छैन।

सिडिएससी एण्ड क्लियरिङले लघुवित्तको शेयर सम्बन्धित शेयरधनीको खातामा पठाइसकेको छ तर शेयर नेप्सेमा सूचीकरण हुन नसकेको कारण लगानीकर्ताले दोस्रो बजारबाट खरिद बिक्री गर्न पाएका छैनन्।

क्यापिटलले शेयर सूचीकरणको लागि नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाइसकेको छ। तर, शेयर सूचीकरण सम्बन्धि सम्झाैता भने हुन सकेको छैन।

लघुवित्तकाे शेयर रजिस्ट्रार बिओके क्यापिटलका अनुसार शेयर सूचीकरणको लागि समाज लघुवित्तका प्रतिनिधि आउन ढिलाइ भएको कारण शेयर सूचीकरण हुन नसकेको हो।

बिहीबारसम्ममा शेयर सूचीकरण गराउने तयारी भएपनि समाज लघुवित्तका प्रतिनिधिहरू नआउने भएकाेले यस साता पनि शेयर सूचीकरण हुन नसक्ने क्यापिटलले जनाएको छ।

 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।