आईपीओ सूचीकरणको अन्तिम तयारीमा रहेको समाज लघुवित्त मर्जरमा जाने, तत्काल कारोबार भने नहुने

Sep 22, 2020 03:28 PM Merolagani

भखरै आईपीओ निष्काशन गरेको समाज लघुवित्त (SAMAJ) मर्जरमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त संख्था बीच मर्जरमा जाने भएको हो ।

सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र सिरहाको लहानमा रहेको स्वस्तिक लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ ।

समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकरणको अन्तिम तयारीमा रहेको छ । लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि मर्जर जाने सम्झौता गरेकोले तत्काल दोस्रो बजारमा कारोबार भने हुन पाउनेछैन् ।

समाज लघुवित्तले सार्वसाधारणकाे लागि आईपीओ निष्काशन गरिसकेकाे छ भने स्वस्तिकले आईपीओ निष्काशन गरेकाे छैन् । दुइ लघुवित्त मर्जरमा जाने भएपछि समाजले एफपीओ निष्काशन गर्नेछ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।