निषेधाज्ञा खुला भएपछि खुलेको बजारमा अटो व्यवसायीहरुलाई केहि राहत मिलेको छ । सवारी साधनहरुको विक्री समेत विस्तारै बढ्दैछ । यसलाई निरन्तरता दिन अटो व्यवसायीहरुले दशैं तिहारमा आकर्षक अफर सहितको योजना सार्वजानिक गरेका छन् । चाडपर्वमा आकर्षक योजना ल्याएर अटो व्यवसायलाई चलायमन बनाउने प्रयास हुँदै छ ।
यता सार्वसाधारणहरु पनि आफ्नो क्षमता अनुसारको गाडी खरिद गर्न थालेका छन् । सरकारले कोरोना रोकथामको लागि चालिएका कदमहरु हटाइएपनि जोखिम झन झन बढ्दै छ । सार्वजनिक यातायतका सवारीसाधनहरु समेत पूर्णरुपमा सञ्चालनमा ल्याएका छन् । सार्वजानिक सवारी साधानमा यात्रा गर्न जोखिम भएकाहरुले निजी सवारीसाधान खरिद गर्न थालेका छन् ।
दशै तिहारको योजना सार्वजनिक गर्दै आटो व्यवसायीहरुले पनि गाडी खरिद गर्ने ग्राहकहरुको लागि थप सहज पारेको छ । गाडि खरिद गर्न चाहानेहरुका लागि १० लाख रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने व्यवस्था गरेको छ भने विभिन्न नगद छुट सहित आर्कषक योजना सार्वजानिक गर्न थालेका हुन् ।
यस्तो छ नयाँ गाडी किन्दा पाइने अफर
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘यसपालीको दसैं तिहार वेलकम टु हुन्डाई परिवार’ योजना सार्वजनिक गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी योजना सार्वजनिक गरेको हो ।
उक्त योजना अनुसार हुन्डाईका गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँ सम्मको नगद छुट पाउनेछन् । यस्तै बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई अउरा १ थान र हुन्डाई ग्रान्ड आई १० नियोस १ थान जित्न सक्नेछ । त्यसकासाथै ग्राहकहरुले १ वर्षको निःशुल्क बीमा सुविधा समेत पाउनेछन् ।
असोज ५ देखि प्रारम्भ भएको छ भने आगामी मंसिर ५ सम्म लागू हुनेछ ।
चिनियाँ ब्रान्ड डिएफएसकेले पनि चाडपर्ब लक्षित स्किम सार्बजनिक गरेको छ । दसैं र तिहार लक्षित स्किम योजनामा कम्पनीले आफ्नो एसयूभी ग्लोरी ५६० र ग्लोरी ५८० किन्न चाहने ग्राहकलाई १० लाख डाउन पेमेन्टमा नै गाडी उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यस्तै कम्पनीले ४ लाख रुपैयाँसम्म नगद छुट वा ६ महिनासम्मको मासिक किस्ता समेत तिरिदिने जनाएको छ ।
कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर डिएफएसकेका एसयूभी किन्न चाहने ग्राहकलाई ६ महिनाको मासिक किस्ता समेत कम्पनी आफैले तिरिदिने व्यवस्था समितको अफर पनि सार्वजानिक गरेको छ । यस्तै गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत ५ लाखको बम्पर पुरस्कार पनि जित्न सक्ने छन् ।
नेपाली बजारमा कुजु नेपालले डिएफएसकेको आधिकारिक बिक्रेताका रुपमा कारोबार गर्दै आइरहेको छ ।
नेपालका लागि फोर्ड गाडीहरुको आधिकारिक विक्रेता जि.ओ.अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले पनि फोर्ड फेस्टिभ अफर सार्वजनिक गरेका छ । नेपालीहरुको दशैं तिहारलाई लक्षित गर्दै जिओले नगद छुट सहितको अफर सार्वजनिक गरोको हो ।
जिओ अटोमोबाइल्सले नगद छुट, कर र एकवर्षको बीमा शुल्कको अफर सार्वजनिक गरेको छ । जसमध्ये ग्राहकले एउटा छनोट गर्न पाउनेछन् ।
यस्तै स्क्रयाच कार्ड, ६ महिने इएमआइ होलिडे,स्थगित भुक्तानी लगायतका योजना पनि अफरमा समेटिएका छन् ।
इसुजु सिंगल क्याब पिकअप किन्दा नगद २ लाख रुपैयाँ छुट पाइने अफर सार्वजनिक गरेको छ । नेपालका लागि इसुजु गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले फेस्टिभल अफरको रुपमा सो छुट उपलब्ध गराएको हो ।
यस्तै गाडी किन्दा एक वर्ष सम्मको बीमा र रोड ट्याक्स तथा एसेसरिज समेत निःशुल्क उपलब्ध हुनेछ । दसैंको अवसरमा ल्याइएको यो अफर दसैं अगाडि गाडी डेलिभरी गर्नेका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।