जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण, १० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Sep 24, 2020 03:32 PM Merolagani

साताको अन्तिम कारोबार दिन लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको शेयरमा आकर्षित भएका देखिएको छ। यससँगै यस दिन १० भन्दा बढी जलविद्युत कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बिहीबार कारोबारमा आएको अपी पावर, माउन्टेन हाइड्रो, हिमाल दोलखा, सिनर्जी पावर, दिव्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य २.१२ प्रतिशत घटेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य यस दिन सोभन्दा कम दरमा घटेको छ।

पछिल्ला केही दिन करेक्सनको अवस्थामा रहेको जलविद्युत उपसमूहको परिसूचक हिजो अर्थात बुधबारदेखि पुनः बढ्न थालेको हो। जलविद्युत कम्पनीहरुको शेयरमूल्य सस्तो भएका कारण अहिले लगानीकर्ताहरु सो समूहका कम्पनीहरुमा आकर्षित भएको विश्लेषण गरिएको छ।

बिहीबार यस उपसमूहको परिसूचक ४.४९ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.९५ प्रतिशत बढेको छ। कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक यस दिन घटेको हो भने बाँकी ६ उपसमूहको परिसूचक बढेको हो। यस दिन विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहका परिसूचक घटेका छन्।

यस दिन कारोबार रकमका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ७८ लाख रुपैयाँ बराबरको ६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से परिसूचक ५.७४ अंक बढेर १५६१.२७ विन्दुमा पुगेको छ। यस दिन १९३ कम्पनीको ४५ हजार ८३४ पटकको कारोबारमा २ अर्ब २३ करोड ३४ लाख रुपैयाँ बराबरको ८९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।