सातामा करिब ११ अंक घट्यो नेप्से, कुन उपसमूहकाे सूचक कति घट्याे?

Sep 25, 2020 02:31 PM Merolagani

यस साता नेप्से परिसूचक करिब ११ अंक घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन १५७२.१८ विन्दुमा बन्द भएको नेप्से यस साता १०.९१ अंक अर्थात ०.६९ प्रतिशत घटेर १५६१.२७ विन्दुमा झरेको छ।

यस साता २०६ कम्पनीको २ लाख ६१ हजार ८४९ पटकको कारोबारमा १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको ४ करोड ४ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा १४.९४ प्रतिशत कम हो। गत साता बजारमा १४ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको थियो।

कारोबार रकमका आधारमा यस साता नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस साता ७२ करोड ८१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। अघिल्ला साता कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको भने यस साता ६१ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ३ उपसमूहको मात्र परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१५ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको ३.९० प्रतिशत र हाइड्रोपावरको ०.४९ प्रतिशत बढेको छ। यस साता होटल उपसमूहको परिसूचक सर्वाधिक ८ प्रतिशत घटेको छ।

यस साता एक डिबेञ्चर सहित ५ कम्पनीको २ करोड ११ लाख ७७ हजार ४३७.५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता लिबर्टी इनर्जीको १ करोड ५० लाख कित्ता तथा समाज लघुवित्तको २ लाख कित्ता आईपीओ, एनएलजी इन्स्योरेन्सको ३८ लाख ४२ हजार ४३७.५० हकप्रद, छ्याङ्दी हाइड्रोपावरको १ लाख ३५ हजार कित्ता बोनस शेयर र २० लाख कित्ता प्रभु बैंक डिबेञ्चर २०८४ सूचीकृत भएको हो।

यस साता मोस्ट पपुलर बाइ स्टकमा सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल क्रेडि एण्ड कमर्श बैंक, नेपाल सेवा लघुवित्त, मञ्जुश्री फाइनान्स, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेल स्टकमा यस साता हिमाल दोलखा हाइड्रोपावर, युनाइटेड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएमबि हाइब्रिड फण्ड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।