मेगा बैंकको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Sep 27, 2020 07:12 AM Merolagani

मेगा बैंक (MEGA) ले लिलामीमार्फत बिक्रीमा ल्याएको शेयर खरिदका लागि आज (असोज ११ गते) देखि आवेदन दिन सकिने भएको छ। बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो।

  बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो।

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो।

लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

लिलामी शेयरमा आवेदन गर्दा न्युनतम १ सय रुपैयनाँ अंकित गरी प्रतिशपर्धात्मक गोप्य शिलबन्दि बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफुले दिन चाहेको शेयर सँख्या र मल्य उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म लिलामी शेयर खरिदको लागि गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामी शेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत आवेदन पेश गर्न सकिनेछ।

बैंकको शेयर असोज १ गते प्रतिकित्ता २२८ रूपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।