हरेक आइतबार ११.२० मा बिग्रँदै आएको अनलाइन कारोबार आज के होला ? नबिग्रने नेप्सेको दाबी

Sep 27, 2020 10:55 AM Merolagani

हरेक आइतबार देखिँदै आएको अनलाइन कारोबार समस्या के होला भन्ने उत्सुकता लगानीकर्तामा देखिएको छ। साताको पहिलो दिन दोहोरिने समस्याको बारेमा लगानीकर्तामा उत्सुकता देखिएको हो। गएको पाँच हप्ता देखि लगातार आइतबार शेयर कारोबार रोकिँदै आएको छ।

साताको पहिलो दिन आइतबार बिहान ११ बजेर १५ मिनेट देखि २० मिनेटको अन्तरालमा कारोबारमा समस्या देखिने गरेको छ। सोही समस्या आज पनि दोहोरिन्छ कि भन्ने उनिहरुको अनुमान छ। "हरेक आइतबार ११ बजेर २० मिनेटमा कारोबारमा समस्या देखिने गरेको छ। आज पनि त्यो समस्या दोहोरिन्छ भन्ने हाम्रो अनुमान छ" नियमित कारोबारी एक लगानीकर्ताले मेरो लगानी सँग भने।

हरेक आइतबार देखिने समस्याको बारेमा नियामक निकाय पनि सुसूचित छ। उसले भने दुई बजेको समयलाई ख्याल गरेको जनाएको छ। हरेक हप्ता एकै समयमा देखिने समस्यालाई आशङ्का पूर्वक हेर्न थालिएको छ। कसैले नियोजित रुपमा समय फिक्स गरे जस्तो गरी एकै समयमा हुने गडबडी रहस्यपूर्ण रहेको बोर्डको ठम्याइ छ।

एकै प्रकृतिको र निश्चित समयको बारेमा बोर्डले अनौपचारिक रुपमा नेप्से सँ कुरा पनि राखिसकेको हो। तर नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले भने उक्त विषयलाई संयोग भनेको छ। "यो एक संयोग मात्रै हो। हरेक पटक फरक फरक समस्या देखिएका छन्। तर संयोग भने एकै समयको परेको छ" नेप्सेका प्राबिधिक शाखाका एक अधिकारीले भने। उक्त समस्या आजको कारोबारमा नदेखिने ती अधिकारीको दाबी छ। "सम्पूर्ण समस्या समाधान भएका छन्। उक्त समस्या आज दोहोरिँदैन" ती अधिकारीले भने ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।