युनिलिभर नेपालले घोषणा गर्यो लाभांश, बुकक्लाेज कहिले?

Sep 27, 2020 11:13 AM Merolagani

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २)७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। गत शुक्रबार अर्थात असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश आगामी साधारण सभाले पारित गरेको ४५ दिनभित्र शेयरधनीहरुलाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।