हुन्डी व्यवसाय सेलाएपछि औपचारिक माध्यमबाट आउने रेमिटयान्स बढ्यो, आपतविपत र चाडवाडमा धेरै आउने

Sep 27, 2020 05:59 PM Merolagani

कोरोना भाइरसका कारण अवैधानिक तरिकाले नेपाल भित्र्ने रकम (हुण्डी) को कारोबार कमी आएकाले वैधानिक तरिकाले भित्र्ने रकम (रेमिटयान्स ) बढी आउन पुगेको छ ।

 कोरोना भाइरसको संक्रमणले विदेशबाट आयात हुने सामानमा कमी आएको र व्यपारीहरुले पनि हुन्डीको रकम प्रयोग गरी तेस्रो मुलुकबाट सामान ल्याउन नपाएकाले रेमिटयान्स रकम बढी भित्रिन पुगेको हो ।
लकडाउन र निषेधाज्ञाकाे समयमा अवैधानिक तरिकाले नेपाल भित्र्ने रकम (हुण्डी) को कारोबार कमी आएकाले पनि वैधानिक तरिकाले भित्र्ने रकम (रेमिटयान्स ) बढी आएको नेपाल रेमिटयान्स एशोसिएशनका अध्यक्ष सुमन पोखरेलले बताए । ‘हुन्डीको रकम प्रयोग गरी विदेशबाट समान ल्याइने गरिन्थो,’ उनले भने, ‘तर लकडाउनको समयमा त्यसरी विदेशबाट ल्याइने सामानमा कमी आएकाले पनि रेमिटयान्स रकम बढेको हुनुपर्छ ।’

विश्व बैंकले नेपालमा आउने रेमिटयान्स क्रमशः घट्दै जाने अनुमान गरेको थियो । तर, त्यो अनुमान विपरित रेमिटयान्स रकम बृद्धि भएको अध्यक्ष पोखरेलको भनाइ छ ।

‘कोराना भाइरसका कारण विदेशमा काम गर्न जाने नेपालीको संख्या घट्दै गएपछि रेमिटयान्स रकममा पनि कमी आउने अनुमान गरिएको थियो,’ उनले भने, ‘तर, त्यो अनुमान विपरित रेमिटयान्स रकममा सुधार हुँदै गएको छ ।’

विदेशमा रहेका नेपालीले कोरोना भाइरस (कोभिड १९) सँग जुध्दै काम गरेकाले नेपालमा आउने रेमिटयान्स बढन पुगेको हो ।

कोभिडका कारण विदेशमा रहेका नेपालीहरु ह््वार ह््वात्ती नेपाल आउने अनुमान गरिएको थियो । तर, त्यो अनुमान विपरित विदेशमा रहेका नेपाली अपेक्षा गरिएभन्दा कम नेपाल फर्केकाले पनि रेमिटयान्स रकम बढेको पोखरेलले बताए ।

‘कोभिडको संक्रमण नेपालीले काम गर्ने मुलुकमा देखिएपनि त्यसको खासै प्रभाव त्यहाका उद्योग, व्यापार तथा व्यवसायमा नपरेकाले रेमिटयान्स रकममा कमी नआएको हो,’ उनले भने, ‘रोजगारदाता मुलुकमा अपेक्षा गरिए भन्दा कम असर परेकाले पनि रेमिटयान्स रकममा कमी नआएको हो ।’

नेपाल राष्ट्र बैंकका अनुसार, गत साउनमा रेमिटयान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भएर ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिटयान्स आप्रवाह २.० प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले मात्र बढेको थियो ।

गत साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

विदेशमा जाने नेपालीको संख्या घटेपनि रेमिटयान्स रकम भने बढेको छ । कारोना भाइरसका कारण विदेशमा रहेका नेपालीले सम्बन्धित देशमा बस्न असुरक्षित महशुस गरेपनि नेपाल फर्कन नचाहेको र जेनतेन काम गरिरहेकाले पनि रेमिटयान्स बढी भित्र्न पुगेको हो ।

लामो समयदेखि कोरोना भाइरसरका कारण विदेशमा रहेका नेपाली स्वदेश र्फिता हुन सकेका छैनन् । केही नेपाली नेपाल फर्किर पनि धेरैजसो नेपाली विदेशी मुलुकमा काम गरिरहेकाले पनि रेमिटयान्स रकममा कमी नआएको रमिटयान्स कम्पनीहरु बताउँछन् ।

विदेशमा रहेका नेपालीले सरदर मासिक १ खर्ब रुपैयाँसम्म रेमिटयान्स पठाउने गरेका छन् ।
हाल करिब ४० लाख नेपालीहरू अध्ययन, व्यवसाय र रोजगारको सिलसिलामा विदेशमा छन् । उनीहरूले आफूले कमाएको रकम रेमिटयान्स कम्पनीमार्फत नेपाल पठाउँदै आएका छन ।
आपतविपत र चाडवाडमा विदेशमा रहेका आफन्तले पैसा पठाउने गरेको रेमिटयान्स कम्पनीका सञ्चालकहरू बताउँछन् । ‘कहिल्यै पैसा नपठाउने व्यक्तिहरू पनि कोरोना भाइरसको यो महाविपतमा परिवारलाई खर्च भन्दै पैसा पठाउने गर्छन,’ एक रेमिटेन्स कम्पनीका सञ्चालकले भने, ‘त्यसैले सामान्य समयको तुलनामा यसबेला रेमिटेन्स आप्रवाह बढी भएको हो ।’

२०७२ सालको बैशाखमा आएको भूकम्पपछि पनि रेमिटयान्स बढी भित्रिएको थियो । त्यसबेला विदेशमा रहेका आफन्तले नेपालमा रहेको आफ्नो परिवार र नातेदारलाई समेत रकम पठाएका थिए । ‘आपत विपतमा सहयोग गरौं भन्ने भावना नेपालीमा छ,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘त्यसैले पनि भूकम्प पछिका दुई तीन महिनामा रेमिटयान्सको बाढी नै लागेको थियो ।’ भूकम्पका बेला ‘सेन्टिमेन्ट’ ले पनि काम गरेको राष्ट्र बैंकका ती कर्मचारीले बताए ।

नेपालमा आपतविपत र चाडपर्वको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गर्दछ । श्रमका लागि विदेश गएकाहरूले आपत विपत र चाडपर्वको अवसरमा घरमा पैसा पठाउने चलन भएकाले त्यस समयमा धेरै रेमिटयान्स भित्रिने गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले स्वदेशमा हुने आफन्तलाई आपविपत र चाडपर्व खर्च पठाउने हुँदा त्यो समयमा रेमिटयान्सको कारोबार बढने गर्छ ।

गत आर्थिक वर्ष गत आर्थिक वर्ष ८ खर्ब ७५ अर्ब ३ करोड रमिटयान्स नेपाल भित्रिएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक ८ खर्ब ७९ अर्ब २७ करोड रेमिटयान्स नेपाल भित्रिएको थियो । सञ्चालनमा रहेका २७ वटा नै वाणिज्य बैंकले र बिभिन्न रेमिट कम्पनीले रेमिटयान्स रकम नेपाल भित्र्याउने गरेका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफर, आइएमई, प्रभु मनि ट्रान्सफर, वेस्टन युनियन मनि ट्रान्सफरलगायतका रेमिट कम्पनीहरूले रकम ल्याउने गर्छन् ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।