साउनमा विद्युतिय कारोबार किन ह्वातै घट्यो?

Sep 27, 2020 04:29 PM Merolagani

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विद्युतिय माध्यमबाट हुने कारोबार अघिल्लो महिनाको तुलनामा घटेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार गत असार महिनाको तुलनामा साउनमा आरटि जिएस, एटिएम, कनेक्ट आइपिएस लगायतका विद्युतिय कारोबार घटेको हो।

असार महिनाको तुलनामा साउनमा विद्युतिय कारोबार घटे पनि अघिल्लो वर्षको तुलनामा भने बढ्दै गएको छ। साउनदेखि केन्द्रीय बैंकले क्युआरमा आधारित, पिओएस र ई कमर्समार्फत हुने भुक्तानीलाई छुट्टै शिर्षकमा राख्न थालेको छ। इसअघि अन्य शिर्षकमै राखिने यस्तो कारोबार छुट्टै शिर्षकमा राख्न थालिएपछि अरु शिर्षकमा भएको भुक्तानी केहि घटेको देखिएको छ। 

गत साउनमा आरटिजिएस मार्फत सबैभन्दा धेरै ८७ खर्ब १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। असार महिनामा ११४ खर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा साउन महिनामा २७ खर्ब ४७ करोड रुपैयाँले घटेको छ।

त्यस्तै एटिएम मार्फत हने कारोबार असार महिनाको तुलनामा १६ अर्ब ३७ करोड रुपैयाँले घटेको देखिएको छ। असारमा ५४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा साउन महिनामा ३८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ।

अघिल्ला वर्षहरुको तुलनामा भने यस वर्ष विद्युतिय माध्यममार्फत हुने कारोबार बढेको छ। यस वर्ष कारोना भाइरसका कारण भएको लकडाउनले गर्दा केन्द्रीय बैंकले विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्ना ग्राहकलाई विभिन्न छुट दिएर विद्युतिय माध्यमबाट कारोबार गर्न प्रोत्साहन गरिरहेका छन्।

लकडाउनका कारण भौतिक रुपमा उपस्थित भएर कारोबार गर्न असहज रहेकाले समेत अहिले अनलाइन मार्फत कारोबार गर्ने बढेका छन्।

गत आर्थिक वर्षको अन्तिम महिना अर्थात असार महिना क्लोजिङ महिना रहेकोले धेरै भुक्तानी बढेको थियो। तर साउन लागेसँगै यस्ता भुक्तानी घटे्काले अनलाईन कारोबार समेत घटेको हो।

केन्द्रीय बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार हरेक वर्ष असारमा आर्थिक गतिविधि बढ्ने भएकोले सो अवधिमा विद्युतिय भुक्तानी पनि ह्वातै बढेको थियो। त्यस्तै उनका अनुसार साउनदेखि क्युआरमा आधारित, पिआएस र इ कमर्श पनि थपिएकोले पुराना शिर्षका केहि भुक्तानी नयाँ थपिएका शिर्षकमा बाँडिएको छ।

"असार एक महिना र  दशैको एक महिना आर्थिक गतिविधिहरु अलि बढी नै हुन्छ त्यसै कारण अन्य महिनासँग तथ्यांक अलि मिल्दैन," उनले भने "लामो समयको तथ्याँक हेर्ने हो भने ट्रेन्ड बढ्दो क्रममा नै छ।"

साउन महिनामा वालेटमार्फत ७ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको छ। अघिल्लो महिना यस्तो कारोबार १० अर्ब २२ करोड रुपैयाँ थियो। असार महिनाको तुलनामा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको कारोबार क्रमशः १५ अर्ब ९६ करोड र ४४ करोड रुपैयाँले घटेको छ।

साउन महिनामा कारोबार रकम मात्र होइन कारोबार संख्या पनि घटेको छ। आरटिजिएस मार्फत असारमा ३७ वटा कारोबार भएकोमा साउनमा ३४ लाख वटा कारोबार भएको छ। त्यस्तै एटिएम मार्फत असारमा ६३ लाख वटा कारोबार भएकोमा साउनमा ४७ लाख वटामा झरेको छ।

त्यसैगरी इसिसि, आइपिएस, कनेक्ट आइपिएस, डेवि कायर्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, शाखारहित बैंकिङ, र वालेटमार्फत गरिने भुक्तानीको पनि कारोबार संख्या र रकम दुबै घटे्को छ।
साउनमा क्युआरमा आधारित कारोबार ५८ करोड छ भने पिओएस मार्फत १ अर्ब ८५ करोड र ई कमर्समार्फत १ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको केन्द्रीय बैंकको भनाई छ।

"अहिले विद्युतिय कारोबार खासै घटेको छैन्। परिस्थिति पनि घट्ने खालको छैन," कँडेलले भने "धेरै क्षेत्रमा असार र साउनको तुलना गर्दा यस्तै तथ्यांक देखिन्छ तर पछिल्लो ५/७ महिनाको तथ्याँकलाई आधार मानेर हेर्ने हो भने विद्युतिय भुक्तानी बढ्दो क्रममा नै छ।"

लकडाउन अघिसम्म यस्तो कारोबार कम भए पनि लकडाउनपश्चात भने बढ्दै गएको थियो। अहिले सामान खरिदेखि होटल रेष्टुरेन्टको बिल समेत विद्युतिय माध्यमबाट तिर्न सकिन्छ। यसले गर्दा पछिल्लो समय विद्युतिय भुक्तानीमा सर्बसाधारणको आकर्षण बढ्दै गएको केन्द्रीय बैंकको भनाइ छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।