निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई पीसीआर परीक्षण पछि परीक्षामा सहभागी गराउने निणर्य कार्यान्वयन नहुने

Sep 27, 2020 05:03 PM Merolagani

निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई आरटि पीसीआर परीक्षण गरेर मात्र परीक्षामा सहभागी गराउने निणर्य कार्यान्वयन नहुने भएको छ ।

सो निर्णयलाई वैज्ञानिक आधारले पुष्टि नगर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका विद्यार्थीहरुलाई आरटि पीसीआर परीक्षण गरेर मात्र परीक्षणमा संलग्न हुने निर्णय कार्यान्यवन नगर्न र नगराउनकालागि अनुरोध गरेको छ ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न पेशा व्यवसायमा संलग्न कन्ट्याक्ट ट्रेसिङ, लक्षण भएका, आईसीयूमा भर्ना भएका बिरामीहरु, फ्रन्टलाईनमा काम गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्धारित मापदण्ड भन्दा बहिरका व्यक्तिलाई परीक्षण गर्न लगाउनु अवैधानिक भएको बताएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।