जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आबेदन

Sep 27, 2020 05:55 PM Merolagani

जनरल इन्स्योरेन्स कम्पनी  (GIC) को आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको हो ।

शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार कम्पनीको आईपीओमा ९७ हजार १७० वटा आवेदनबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० कित्ता भन्दा ५ लाख १४ हजार ६३० कित्ता बढी हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन खुला गरेको हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा आवेदन गर्नेको चाप बढेपछि मेरो शेयरमा समेत समस्या देखिएको थियो । मेरो शेयरमा समस्या आएपछि कम्पनीको आईपीओ आबेदन गर्नेको संख्या उच्च देखिएको हो ।

कम्पनीको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।