आरएमडिसी र ग्रामीण विकास लघुवित्तको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Sep 30, 2020 07:14 AM Merolagani

निक्षेप तथा कर्जा सुरक्षण कोषले भदौ ११ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा ल्याएको आफ्नो लगानीमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (असोज १४ गते) अन्तिम दिन हो।

कोषले आरएमडिसी लघुवित्त (RMDC) को २ हजार ६३२ कित्ता र ग्रामीण विकास लघुवित्त (GBLBS) को ३ हजार १९४ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो।

आरएमडिसी लघुवित्तको न्यूनतम शेयरमूल्य प्रतिकित्ता ३९८.७५ रुपैयाँ र ग्रामीण विकास लघुवित्तको संस्थापक शेयरको न्यूनतम शेयरमूल्य १०९ रुपैयाँ ७० पैसा तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। लगानीकर्ताले अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

खरिदकर्ताले आफुले खरिद गर्न चाहेको शेयरको धरौटीबापत प्रस्तावित कुल मूल्यको १० प्रतिशतसम्मको रकम कोषको सिटिजन्स बैंकमा रहेको खाता नं. ००१०१००००२५८८२०१ मा जम्मा गरी सोको भौचर संलग्न गरी आवेदन दिनु पर्नेछ। शेयर खरिदका लागि छनौट हुने आवेदकले प्रस्तावित कुल रकममध्ये धरौटीबापत जम्मा गरेको रकम घटाई बाँकी रकम छनौट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कोषको सोही खातामा जम्मा गरी सोको भौचर प्रशासन विभागमा पेश गर्नुपर्नेछ। यसका साथै शेयर नामसारी गर्दा खरिदकर्ताको तर्फबाट भुक्तानी गर्नुपर्ने सबै शुल्क खरिदकर्ताले नै व्यहोर्नुपर्ने कोषले जनाएको छ।

आवेदन आज दिउँसो ५ बजे भित्र कोषको कार्यालय गहनापोखरी, काठमाडौँमा बुझाउनु पर्नेछ। प्राप्त आवेदनहरु असोज १५ गते बिहान ११ बजे कोषको कार्यालयमा खोलिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।