नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

Sep 30, 2020 07:59 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) को बुधबार शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै मूल्य समायोजन भएको हो।

नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस पश्चात प्रतिकित्ता ६७६ रुपैयाँ ३६ पैसामा शेयरमूल्य समायोजन गरेको छ।

लघुवित्तको अघिल्लो दिनको अन्तिम कारोबार मूल्य अर्थात मंगलबारको अन्तिम कारोबार मूल्य ७४४ रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज (असोज १४ गते) बुकक्लोज गरेको छ। यस अनुसार हिजोसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले चुक्ता पूँजी ३६ करोड ८० लाखको १० प्रतिशतका दरले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २८ गते पाँचौ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले रानीबन पार्टी एण्ड रेष्टुराँ, नागार्जुन, काठमाडौँमा बिहान ११ बजे सभा डाकेको हो।

सभाले बोनस शेयरको कर प्रयोजनार्थ ०।५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने, मर्जर तथा एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।