आईपिओमा नयाँ रेकर्ड, डिम्याट खोल्ने ४० प्रतिशत आईपिओमा सक्रिय, जनरलमा सवा आठ लाख आवेदन

Sep 30, 2020 05:49 PM Merolagani

सुवास निरौला

अन्यत्र लगानीको वातावरण कम हुँदै गएपछि सर्वसाधारण शेयर बजारमा ओइरिन थालेका छन्।  पछिल्लो समय सर्वसाधारण प्राथमिक र दोस्रो बजारमा उल्लेख्य बढेका छन्। 

प्राथमिक र दोस्रो बजारको तुलनामा सबैभन्दा बढी आकर्षण प्राथमिक बजारमा देखिन थालेको छ। आकर्षण मात्रै देखिएको छैन सर्वसाधारणले शेयर आवेदनमा नयाँ रेकर्ड नै कायम गरेका छन्। पछिल्लो समय निष्काशन भएको जनरल इन्स्योरेन्स कम्पनीको शेयरमा आवेदनकर्ताको नयाँ रेकर्ड कायम भएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि ) ले जनाएको छ।

पछिल्लो समय हरेक आवेदनमा नयाँ रेकर्ड कायम हुँदै आएको हो। जनरल इन्स्योरेन्स कम्पनीको निष्काशनमा सबैभन्दा बढी आवेदन पर्दै नयाँ रेकर्ड कायम भएको हो। उक्त कम्पनीको शेयरमा आठ लाख १३ हजार ६ सय ३२ लगानीकर्ताले आवेदन दिएका छन्। यो अहिले सम्मकै उच्च आवेदन रहेको सिडिएसिका प्रवक्ता सुरेश न्यौपानेले बताए। यस अघि रिलायन्स इन्स्योरेन्समा ६ लाख १४ हजारको आवेदन परेको थियो।

पछिल्लो समय बैक वित्तीय संस्थामा गएर आवेदन दिने भन्दा अनलाइन आवेदन दिने बढी छन्।जनरलमा मात्रै ६ लाख ३३ हजार ४५ ले अनलाइनबाट आवेदन दिएका छन् भने एक लाख ७६ हजार ५६ ले बैंक वित्तीय संस्थामै गएर आवेदन दिएका हुन्। अनलाइन आवेदक ७२.१८ प्रतिशत छन्।

जनरल इन्स्योरेन्समा दुई अर्व २५ करोड रुपैयाँ बराबरको दुई करोड २५ लाख कित्ताका लागि आवेदन परेको छ। यो माग भन्दा करिब आठ गुणा बढी हो। कम्पनीले ३० लाख कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो। 

पछिल्लो समयको आवेदनमा ५० प्रतिशत लगानीकर्ताको आवेदन परेको छ। बुधवार सम्म सिडिएससिमा हितग्राहि(डिम्याट )खाता खोल्नेको सङ्ख्या १९ लाख ८१ हजार ५९८ पुगेको छ। जसको ४१.०५ प्रतिशत लगानीकर्ताले प्राथमिक शेयरमा आवेदन दिएका छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियम अनुसार एक व्यक्तिले दुई वटा सम्म खाता खोल्न पाउँछ। सबैको दुई वटा खाता मान्ने हो भने यो शतप्रतिशत जस्तै हुन आउँछ।

अनलाइन बाटै शेयरमा आवेदन दिन सकिने र लगानीको वातावरण कम भएको कारण प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको न्यौपानेको भनाई छ। मेरो शेयर वेभ साइट मार्फत घरमै बसेर शेयर आवेदन दिन सकिने भएपछि प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। अझै आश्वा प्रणाली र सि- आश्वा प्रणाली आएपछि लगानीकर्ताले थप सहुलियत पाएका छन्। जसका कारण हरेक निष्कासनमा लगानीकर्ता बढ्दै गएका छन्।

आश्वा सेवा सुरु हुनु पूर्व दुई लाख आवेदन कर्ता हुन हम्मे हम्मे पर्ने गरेको थियो।तीन लाख आवेदन पुगे ठुलै उपलब्धि मान्ने गरिएको थियो। तर पछिल्लो समय लकडाउन देखि एकाएक लगानीकर्ताको आकर्षण प्राथमिक बजारमा बढेको छ। त्यस यता निष्कासन भएका हरेक प्राथमिक शेयरमा चार लाख बढीको आवेदन पर्न थालेको छ।

उता दोस्रो बजारमा समेत दैनिक लगानीकर्ता बढ्दो क्रममा देखिएको छ। बजारमा धेरै नयाँ अनुहार भेटिन थालेको नेपाल धितोपत्र बोर्डको अनुगमनमा भेटिएको छ। बोर्डले नियमित गर्ने अनुगमनमा बजारमा धरै नयाँ लगानीकर्ता भेटिएको जनाएको छ। उसले गरेको अध्ययनमा मुलुक भित्र र। बाहिरबाट पनि शेयर कारोबारमा संलग्न रहेको जनाएको छ। अनलाइन बाट कारोबार गर्न सजिलो भएको कारण दैनिक लगानीकर्ता बढ्दै गएको बोर्डको भनाइ छ। विदेशमा रहेका लगानीकर्ताले कारोबार गरेकै कारण कारोबार रकम समेत बढ्दै गएको बोर्डले जनाएको छ।

यता नेपाल स्टक एक्सचेन्जले बुधवार सार्बजनिक गरेको तथ्याङ्क अनुसार दोस्रो बजारमा कारोबार गर्न भन्दै  तीन लाख ३७ हजार तीन सय ६० लगानीकर्ता नेप्सेमा दर्ता भएका छन्। जसमा एक लाख २० हजार चार सय ९९ लगानीकर्ताले अनलाइन कारोबार गर्ने गरेका छन्। जुन ३५.७१ प्रतिशत हो।

तर प्राथमिक बजारको तुलनामा भने दोस्रो बजारमा लगानीकर्ताको उपस्थिति निकै न्यून छ। प्राथमिक बजारमा डिम्याट खाता खोल्नेको सङ्ख्या १९ लाख ८१ हजार ५९८ छ। जसमा तीन लाख ३७ हजार तीन सय ६० लगानीकर्ता नेप्सेमा दर्ता छन्। यो कुल प्राथमिक बजारका लगानीकर्ताको १७.०२ प्रतिशत मात्रै हो। प्राथमिक बजारमा शेयर आवेदन दिने करिब ८० प्रतिशत लगानीकर्ता दोस्रो बजारमा आएकै छैनन्।  

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।