धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण सुपरिवेक्षण म्यानुअल लागू गर्यो, शंकास्पद लगानी रोकिने

Sep 30, 2020 06:26 PM Merolagani

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू गर्ने भएको छ ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४”, “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३” तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न उक्त व्यवस्था लागू गरीएको बोर्डले जनाएको छ । 

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल  भोली भदौ १५ गते देखि लागू हुनेछ । त्यस अनुसार अब स्रोत नखुलेको तथा शंकास्पद लगानी गर्न पाउनेछैन् ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी)को मापदण्डहरुलाई समेत आधार मानी तयार गरिएको बोर्डले जनाएको छ ।

यस्तै धितोपत्र व्यवसायीहरुको जोखिममा आधारित रहेको, धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग स्केल १ देखि ५ को बीचमा गर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण सम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको, धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे छ ।


धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकनगर्दा धितोपत्र व्यवसायीले प्रदानगर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्चपदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम,धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था गरिएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।