बिओकेएलले गर्यो लाभांश घोषणा, बोनस कति?

Oct 01, 2020 11:11 AM Merolagani

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले चुक्ता पूँजीको १३ प्रतिशतका दरले हुने रकम १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बराबरको बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने रकम २५ करोड ६४ ६ हजार ६२२ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

असोज १४ गते बसेको बैंकको १६४ औँ सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।