सातामा करिब १० अंक बढ्यो नेप्से, बजार पूँजीकरण हालसम्मकै उच्च

Oct 02, 2020 02:33 PM Merolagani

यस साता नेप्से परिसूचक करिब १० अंक बढेको छ। गत साताको बिहीबार १५६१.२७ विन्दुमा बन्द भएको नेप्से यस साताको अन्तिम कारोबार दिन ९.७७ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको छ।

यस साता सेन्सेटिभ इण्डेक्स ०.५८ अंक अर्थात ०.१९ प्रतिशत बढेर ३१०.१५ विन्दुमा पुगेको छ।

नेप्से सूचक बढेसँगै कुल बजार पूँजीकरण पनि हालसम्मकै उच्च कायम भएको छ। यस साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण २० खर्ब ९३ अर्ब पुगेको छ। यस अघि नेप्से असोज २ गते बजार पूँजीकरण सो अवधिसम्मको उच्च २० खर्ब ९० अर्बको पुगेको थियो।

नेप्से परिसूचक बढेपनि गत साताको तुलनामा यस साता कारोबार रकममा भने केही कमी आएको छ। गत साता १२ अर्ब १५ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता ११ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस साता कुल १ लाख ८९ हजार ९५१ पटकको कारोबारमा ५ करोड २२ लाख कित्ता शेयर खरिदबिक्री भएको हो।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ को घटेको छ। यस साता सर्वाधिक विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.२५ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९५ प्रतिशत घटेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकमा सबैको लघुवित्त, नेशनल माइक्रोफाइनान्स, कामना सेवा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीहरु परेका छन्।

त्यसैगरी, यस साता मोस्ट पपुलर सेल स्टकमा हिमाल दोलखा हाइड्रोपावर, युनिलिभर नेपाल, मिथिला लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, सिटिजन्स म्युचुअल फण्ड १ लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।