गत साता ९.७७ अंक बढेको बजारको साप्ताहिक मैनबत्तीमा बुलिश पिन बार बनेको देखिएको छ। यसले अन्तिम कारोबार दिन बिक्रीकर्तामाथि खरिदकर्ता हाबी भएको देखाउँछ।
गत साता नेप्सेको उच्च विन्दु १५७५.५० रहेको छ भने न्यून विन्दु १५४२.५६ रहेको छ। साताको अन्तिम कारोबार दिन हरियो मैनबत्ती बनेको छ। यसले बिक्रीचापको तुलनामा खरिद चाप बलियो रहेको संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन १५७१.०४ विन्दुमा बन्द भएको नेप्से, यस साता उकालो लागेमा १६४० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ५१२० मा टेवा पाउने देखिन्छ।
नेप्सेमा सुधार देखिएपनि गत साता कारोबार रकममा भने केही गिरावट आएको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यो अघिल्लो साताको तुलनामा ७.५१ प्रतिशत कम हो। त्यसैगरी, नेप्सेको पछिल्लो २० दिनको औषत कारोबार रकम २ अर्ब ५९ करोड रुपैयाँबाट २ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ।
फियर एण्ड ग्रीड मिटरमा नेप्से ग्रीड जोनबाट एक्सट्रीम ग्रीड जोनमा अगाडि बढीरहेको देखिन्छ। यदि नेप्सेले एक्सट्रीम ग्रीड जोनलाई छोएमा एक ‘सेल स्ट्राटेजी’ अपनाउन सकिने विश्लेषकहरु बताउँछन्।
विकास बैंक
गत साता विकास बैंकको परिसूचक सर्वाधिक ६.२५ प्रतिशत बढेको थियो। गत साताको अन्तिम कारोबार दिन १९४६.९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १८८० मा टेवा पाउने देखिन्छ।