माछापुच्छ्रे बैंकको मूल्य समायोजन

Oct 08, 2020 08:00 AM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंक लिमिटेड (MBL) को मूल्य समायोजन गरेको छ। बैंकले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले ७.०३ प्रतिशत बोनस शेयर समायोजन गरी बैंकको शेयरमूल्य २३१ रुपैयाँ ७१ पैसा तोकेको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बुधबारको अन्तिम कारोबार मूल्य २४८ रुपैयाँका आधारमा समायोजन गरेको हो।

बैंकले १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कात्तिक ६ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बाइसौँ साधारण सभा डाकेको छ।

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, ३.७३ प्रतिशतका दरले बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।