सातामा साढे १८ अंक बढ्यो नेप्से, साढे १४ अर्बभन्दा बढीको शेयर कारोबार

Oct 10, 2020 08:55 AM Merolagani

यस साता नेप्से परिसूचक साढे १८ अंक बढेको छ। गत साताको अन्तिम कारोबार दिन १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस साता १८.५९ अंक अर्थात १.१८ प्रतिशत बढेर १५८९.६३ विन्दुमा बन्द भएको छ।

यस साता सेन्सेटिभ इण्डेक्स ४.५९ अंक बढेर ३१४.७४ विन्दुमा उक्लिएको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। गत साता ११ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता १४ अर्ब ६४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा २८.२७ प्रतिशत बढी हो।

नेप्से परिसूचक बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। यस साताको अन्तिम कारोबार दिन नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २१ खर्ब १८ अर्ब पुगेको छ। यो गत साताको तुलनामा १.२३ प्रतिशत अर्थात २५ अर्ब बढी हो। गत साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण २० खर्ब ९३ अर्ब थियो।

यस साता कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस साता हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक ८.५४ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्स उपसमूहको परिसूचक ७.५२ प्रतिशत बढेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूह सबैभन्दा बढी बढेको छ। सो उपसमूहको परिसूचक यस साता ११२.०६ अंक बढेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशत बढेको छ।

यस साताको मोस्ट पपुलर बाइ स्टकमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक, महालक्ष्मी विकास बंक लगायतका कम्पनी रहेका छन्। त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकमा सिटिजन्स म्युचुअल फण्ड १, सिन्धु विकास बैंक, कालिका लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, निर्धन उत्थान लघुवित्त लगायतका कम्पनी परेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।