साताको मोस्ट पपुलर स्टक, एनसिसि बैंकको कम्पनी विश्लेषण

Oct 10, 2020 01:44 PM Merolagani

यस साताको मोस्ट पपुलर बाइ स्टकमध्येको एक कम्पनी नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लिमिटेड  (NCCB) पनि एक हो।

यस साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले ग्रेभस्टोन डोजी मैनबत्ती आकृति बनाएको छ। यो एक वियरिश रिभर्सल मैनबत्ती हो। सो दिन बैंकको शेयरमूल्य कारोबारको सुरुवातमा बढेपनि अन्तिम समयमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यसलाई एक प्रकारको प्रोफिट बुक गर्ने संकेतको रुपमा पनि लिइन्छ।

यस साताको बिहीबार बैंकको शेयर २३० रुपैयाँमा पहिलो कारोबार भएको थियो। सो दिन बैंकको शेयरमूल्य बढेर २३४ रुपैयाँ पुगेको थियो। तर, पछि बैंकको शेयरमूल्य घटेर २२८ रुपैयाँसम्म कारोबार भएको थियो। यद्यपि, अन्तिम समयमा भने २३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी बढ्दो क्रममा छ। यसले बजारमा बैंकको शेयर खरिदकर्ताको चाप बढी नै रहेको संकेत गर्दछ।

आगामी साता बैंकको शेयरमूल्य बढेमा २४० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, बैंकको शेयरमूल्य घटेमा भने २२० रुपैयाँमा टेवा पाउने देखिन्छ।

शेयरमूल्यसँगै यस साता बैंकको भोल्यूमा पनि वृद्धि भएको छ। यस साता बैंकको २ लाख ३६ हजार २८८ कित्ता शेयर खरिदबिक्री भएको छ। यो गत साताको तुलनामा २५.९५ प्रतिशत बढी हो। त्यसैगरी, बैंकको २० दिने औषत भोल्यूम १ लाख ८७ हजार ६०२ कित्ता रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब १३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ छ। सो अवधिसम्ममा बैंकले ३ अर्ब २१ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ७४ करोड २३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९ पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्यको आधारमा बैंकको मूल्य आम्दानी अनुपात १९.०२ गुणा रहेको छ। त्यस्तै, बैंकको बुकभ्यालु १४० रुपैयाँ ९१ पैसा रहेको छ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणमा बैंकको शेयरमूल्य बुलिश रहेको छ।

नेप्सेमा बैंकको कुल ९ करोड ३५ लाख ३९ हजार १६९ कित्ता शेयर सूचीकृत छ। यस साताको अन्तिम कारोबार दिन अनुसार बैंकको कुल बजार पूँजीकरण २१ अर्ब ५१ करोड ४० लाख ८ हजार ९८५ रुपैयाँ रहेको छ। बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २३७ रुपैयाँ रहेको छ भने न्यून मूल्य १७३ रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको पछिल्लो १८० दिनको औषत मूल्य १९९.२२ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयरमूल्य ग्रीड जोनबाट एक्ट्रीम ग्रीड जोनमा पुगेको छ। यसले आगामी दिनमा बैंकको शेयर खरिद गर्दा सचेत भइ खरिद गर्नुपर्ने संकेत गर्दछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।