सामुहिक लगानी कोषले यसरी दिदैछ धितोपत्र बजारलाई टेवा

Sep 28, 2014 Tilak Koirala

नेपालको धितो पत्र बजारमा एकपछि अर्को गर्दै सामुहिक लगानी कोषहरु खुली धितोपत्रहरुमा लगानी बढाउंदै जाँदा पूँजी बजार बिकासमा महत्वपूर्ण टेवा मिल्न थालेको छ । सिद्धार्थ म्युचुअल फण्ड र नबिल ईन्भेष्टमेन्टले आफ्ना ईकाईहरु निश्काशन गरी धितोपत्र बजारमा महत्वपूर्ण भुमिका खेलिरहेका छन् । यसै क्रममा एनएमबी क्यापिटलले हालै ६० करोड रुपैयाँको ईकाई निश्काशन गर्दा झण्डै तीन गुणा बढी रकमको आबेदन परेर ७५ करोडको ईकाई बांडफाँडको तयारी गरिरहेको छ । 

त्यसैगरी एनआईबीएल र लक्ष्मी क्यापिटललगायतले पनि आफ्ना ईकाईहरु सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । 
 
कसरी पुग्यो त टेवा ?
 
सिद्धार्थ क्यापिटलले आफ्नो पहिलो योजनाको कूल १ अर्ब ६ करोड रुपैया मध्ये अधिकांश रकम अर्थात ९७ करोड धितोपत्र बजारमै लगाएको छ । सो कम्पनीले यस आर्थिक बर्षको साउन मसान्त सम्म १२ लाख ३३ हजार कित्ता विभिन्न कम्पनीको शेयर खरिद गरी धितोपत्र बजारलाई टेवा दिएको छ । त्यसैगरी उस्को दोस्रो योजनाको ९९ करोड रुपैयाँ मध्ये अधिकांश शेयर बजारमै धमाधम लगानी गरिरहेको छ । भाद्रसम्म सो योजना अन्तर्गत २ लाख कित्ता विभिन्न कम्पनीका शेयरहरु किनिएका देखिएको छ ।त्यसैगरी नबिल ईन्भेष्टमेन्टले आफ्नो पहिलो योजनाको १ अर्ब १५ करोड रुपैयाँ मध्ये गत भाद्र सम्म ९१ करोड ७८ लाख रुपैयाँ धितोपत्र बजारमै लगानी गरेको छ ।  
यसरी हेर्दा यी तीनवटा सामुहिक लगानी कोषहरुले नै धितोपत्र बजारमा ३ अर्ब बराबरको रकम प्रवाह गरी बजारलाई टेवा दिईरहेका छन् । हालको शेयर बजारमा बढीमा ३० अर्ब रकम प्रबाह भएको मान्ने हो भने यी तीनवटा सामुहिक लगानी कोषले मात्रै गरेको झण्डै तीन अर्ब रकम लगानीलाई ठूलै आड मान्नुपर्छ । अब योजना ल्याउने तयारीमा रहेका एनआईबीएल र लक्ष्मी लगायतका सामुहिक लगानी कोषका  ईकाईहरु निश्काशन भएर धितोपत्र बजारमा लगानी हुने हो भने शेयर बजारलाई अरु दह्रो टेवा पुग्ने निश्चित छ । 
 
ब्यक्तिको मनोमानी हैन, सामुहिक उत्तरदायित्व
 
हाल नेपालको धितोपत्र बजारमा ब्यक्तिहरुको चलखेल निर्णायक हुने गरेकोमा अब भने यस्ता सामुहिक लगानी कोष र संस्थागत लगानीकर्ताहरुको भुमिका महत्वपूर्ण हुने आंकलन गरिएको छ । ब्यक्तिगत ठूला लगानीकर्ताले आफुलाई नाफा हुने गरी धितोपत्र बजारमा अनाबश्यक र अस्वस्थ चलखेल गर्दै आएकोमा त्यसलाई प्रतिबाद गर्न पनि यस्ता सामुहिक लगानीकोषहरु उपयोगी हुनेछन् । सामुहिक लगानी कोषमा धेरै साना लगानीकर्ताहरुको लगानी हुने र बजारको अबस्था, कम्पनीको नाफा नोक्सान, जोखिम लगायतका अबस्था मूल्याड.कन गरी योजना ब्यवस्थापकले ईकाईधनीहरुप्रति उत्तरदायी भएर काम गर्ने हुँदा बजारमा अनाबश्यक चलखेलको संभावना कम हुन्छ । खरिद गरिएका धितो पत्रबाट राम्रो आम्दानी हुँदा ईकाईधनीले लाभ पाउने र नोक्सानी भए योजना ब्यवस्थापकले जवाफदेहिता बहन गर्नुपर्ने भएकाले साना  लगानीकर्ताका लागि सामुहिक लगानी कोष कम जोखिमपूर्ण लगानीको क्षेत्र मानिन्छ । 
 
ईकाईधनीले के पाउँछन् ? 
 
सामुहिक लगानी कोषका ईकाई धनीले आफ्नो ईकाईबाट भएको आम्दानी मध्ये प्रशासनिक खर्च कटाएर अरु आम्दानीको हकदार बन्न पाउँछन् । धितो पत्र किनबेचमा गरिएको लगानी र नाफा नोक्सानको महिनैपिच्छे सार्वजनिक रुपमा विवरण प्रकाशित हुने हुनाले कति नाफा वा घाटा भयो भन्ने कुरा पारदर्शी हुन्छ । जस्तो कि दुई बर्ष अघि १० रुपैयाँमा ईकाई खरिद गरेका सिद्धार्थ लगानीबृद्धि योजना १ का ईकाईधनीले अहिले प्रति ईकाई २१ रुर्पैयाँको सम्पति जोडेका छन् । यसका साथै उनीहरुले गत बर्षको खुद नाफाबाट १५ प्रतिशत लाभांश पनि पाउँदै छन् । त्यस्तै नबिल ब्यालेन्स फण्डका १० रुपैयाँ लगानी गरी एउटा ईकाई खरिद गरेका ईकाई धनीको प्रति ईकाई सम्पतिको खुद मूल्य १५ रुपैयाँ नाघेको छ । त्यस्तै हालै ईकाई निश्काशन गरको एनएमबी क्यापिटलले पाँच बर्षपछि आफ्ना ईकाईधनीलाई २३ रुपैयाँ दिने योजना सार्वजनिक गरेको छ । यस्ले आगामी बर्ष ईकाईधनीलाई कम्तिमा १० प्रतिशत लाभांश दिने प्रतिबद्धता पनि जनाएको छ । 
 
सुरक्षित लगानी
 
भर्खरै शेयर बजारमा प्रबेश गरेका वा प्रबेश गर्न चाहने, शेयर किनबेचमा हुने जोखिम लिन नसक्ने र निश्चित समय अबधि भित्र ढुक्कको आम्दानी खोज्नेहरुका लागि सामुहिक लगानी कोष सबैभन्दा उपयोगी आम्दानीको स्रोत हो । यसमा एकपटक लगानी गरेपछि लगानीकर्ताले शेयर मूल्य घटेर बर्बादै हुने जस्ता अनाबश्यक चिन्ता गर्नुपर्दैन । सामुहिक लगानी कोषका ब्यवस्थापकहरुले निकै सोच विचार र विश्लेषण गरी फरक फरक धितोपत्रहरुमा लगानी गरेर लगानी विविधिकरण गर्ने हुनाले कुनै एउटा कम्पनीको शेयर मूल्य घट्दैमा वा घाटामा जादैमा  ईकाईधनी घाटामा जाने संभावना कम हुन्छ । जस्तो कि नबिल क्यालेन्स फण्डले ५२ वटा कम्पनीका शेयरहरु किनेको छ । त्यसले किनेको एउटा कम्पनीको शेयर मूल्य घट्यो भनेृ पनि अरु कम्पनीको शेयर मूल्य बढ्दा वा  लाभांश पाउंदा त्यो घाटा परिपुर्ति हुन्छ र ईकाईधनी सधै नाफामा हुन्छन् । एनएमबी क्यापिटलले आफ्नो ७५ करोड पूँजीको  ८० प्रतिशतसम्म धितोपत्रको दोस्रो बजारमा र अरु बण्ड तथा ऋणपत्रहरुमा लगानी गर्ने सोच बनाएको छ ।
 
सामुहिक लगानी कोषका ब्यवस्थापकहरु हल्लाका भरमा हैन, तथ्य विश्लेषण गरेर धितोपत्र बजारमा लगानी गर्छन र आफ्ना ईकाईधनीहरुलाई जोखिममुक्त पारी नाफामा पुर्याउँछन् । अधिकांश साना लगानीकर्ता यसरी लगानी विविधिकरण गरेर आफ्नो जोखिम ब्यवस्थापन गर्ने क्षमता कमै राख्छन् । यदि आम लगानीकर्तामा जोखिम ब्यवस्थापन र लगानी विविधकरणको पर्याप्त ज्ञान हुन्थ्यो भने हालै नेप्सेमा सामान्य गिरावट आउँदा साना र नयाँ लगानीकर्ताहरु त्रसित हुंदै  घाटा खाएर शेयर बजारबाट बाहिरिनु पर्दैनथ्यो ।  
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।