भारतीय शेयर बजारमा कुन क्षेत्रको हिस्सा बढी?

Oct 15, 2020 03:38 PM Merolagani

विश्वका प्रमुख ठूला शेयर बजारमध्ये भारतको शेयर बजार पनि एक हो। नेपालको तुलनामा पूँजीगत र लगानीका हिसाबले भारतीय शेयर बजार विशाल छ। यहाँको कुल बजार पूँजीकरणभन्दा अधिक त्यहाँका कम्पनीको बजार पूँजीकरण रहेको छ। 

भारतीय शेयर बजारमा नेशनल स्टक एक्सचेञ्ज (एनएसई) र बम्बे स्टक एक्सचेञ्ज (बीएसई) गरी दुईवटा स्टक एक्सचेञ्ज छन्। जसमार्फत् भारतीय लगानीकर्ताहरुले कारोबार गर्दै आइरहेका छन्।

एनएसईमा ६६ वटा क्षेत्रहरु छन्। एनएसईमा सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरुमध्ये सबैभन्दा ठूलो हिस्सा डाइभर्सिफाइड सेक्टरको रहेको छ। अक्टोबर ९, २०२०, शुक्रबार भएको अन्तिम कारोबारका आधारमा हेर्दा यस क्षेत्रको कुल बजार पूँजीकरण २७३ खर्ब ८७ अर्ब ८७ करोड भारतीय रुपैयाँ बराबर रहेको छ। यस क्षेत्र अन्तर्गत ३३ कम्पनीहरु सूचीकृत छन्।

यसैगरी, दोस्रो सबैभन्दा ठूलो हिस्सा आईटी सफ्टवेयरले समेटेको छ। आईटी सफ्टवेयर क्षेत्रको बजार पूँजीकरण २३० खर्ब रहेको छ। यस क्षेत्रमा ७५ वटा कम्पनीहरु सूचीकृत छन्।

नेपालमा करिब ८० प्रतिशत हिस्सा बैंकिङ क्षेत्रको रहेकोमा भारतीय शेयर बजार परिसूचक एनएसईमा भने बैकिङ क्षेत्र तेस्रो स्थानमा रहेको छ। यो क्षेत्रको कुल पूँजीकरण १९३ खर्ब ९२ अर्ब २० करोड बराबर रहेको छ। बैकिङ क्षेत्र अन्तर्गत ३६ वटा बैंकहरु सूचीकृत रहेका छन्।

जसमा एचडीएफसी बैंकको सबैभन्दा धेरै हिस्सा रहेको छ। एचडीएफसी बैंकको कुल पूँजी ६७ खर्ब ७२ अर्ब ५३ करोड रुपयाँ रहेको छ।

सबैभन्दा कम लर्निङ एण्ड एजुकेशन सेक्टरको ९ अर्ब १७ करोड रुपैयाँ बराबरको पूँजीकरण रहेको छ। त्यसपछि रबर सेक्टरको १० अर्ब ७९ करोड रुपैयाँ बराबरको पूँजीकरण रहेको छ।

कम्पनीगत रुपमा हेर्दा रिलायन्स इन्डष्ट्रिज लिमिटेडको सबैभन्दा ठूलो हिस्सा रहेको छ। कम्पनीको एनएसईमा १५१ खर्ब २ अर्ब २४ करोड रुपैयाँ बराबरको पूँजी रहेको छ।

बीएसई

यसैगरी बीएसईमा सूचीकृत क्षेत्रहरुमध्ये पनि विविध क्षेत्रले नै ठूलो हिस्सा ओगटेको छ। यसको बजार पूँजीकरण २७४ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँ बराबर रहेको छ। यसैगरी दोस्रो स्थानमा आईटी सफ्टवयर सेक्टरको २३० खर्ब ६१ अर्ब ७६ करोड र तेस्रो स्थानमा बैकिङ क्षेत्रको १९३ खर्ब ९४ अर्ब ८ करोड रुपैयाँ बराबरको पूँजीकरण रहेको छ।

एनएसईमा झैँ बीएसईमा पनि लर्निङ एण्ड एजुकेशनको सबैभन्दा कम ९ अर्ब १६ करोड भारतीय रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको छ। त्यसपछि रबरको १६ अर्ब ४६ करोड पूँजी रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।