एनएमबी बैंकमा पाथिभरा र भृकुटी गाभिने

Sep 30, 2014 Mero Lagani

एनएमबी बैंकले पाथिभरा विकास बैंक र भृकुटी विकास बैंकलाई आफुमा गाभ्ने भएको छ । तीन वटै संस्थाहरुबीच सोमकार मर्जमा जाने सम्झौता भएको हो । एनएमबी बैंकले आफुलाई सवल बैंकको रुपमा स्थापित गराउन मर्जमा जाने नीति लिएको हो । 

२ अर्ब चुक्ता पूँजी रहेको एनएमबीको पाथिभरा र   भृकुटीसंगको मर्जपछि चुक्ता पूँजी ३ अर्ब ६१ करोड पुग्ने जनाईएको छ ।  मर्जपछि बैंकको शाखा संख्या ५७ र एटिएम संख्या ३४ पुग्ने भएको छ । 
क्लिन इएनर्जी डेभ्लपमेन्ट बैंकसंग मर्जको कुरा चल्दाचल्दै सेलाएपछि एनएमबीले क्षेत्रीयस्तरका बैंकहरुलाई आफुमा गाभ्ने निर्णय लिएको हो । यो सम्झौतापछि गत आर्थिक बर्षको अन्त्यदेखि सुस्त रहेको मर्ज प्रक्रिया फेरि तीब्र बन्ने संकेत देखिएको छ । पूँजी बृद्धि गर्ने अभियानमा बाणिज्य बैंक र ठूला कम्पनीहरुले साना कम्पनीहरुलाई आफुमा विलय गराउने क्रममा मर्ज र एक्विजिशनको प्रक्रिया अपनाउँदै छन् । 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।