सोमबार १.७४ अंक बढेर १५७८.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२८ अंक बढेर १५८३.२९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४० अंक बढेर ३१३.५१ विन्दुमा पुगेको छ।
सो सेसनमा २० कम्पनीको ५ लाख १८ हजार २३५ रुपैयाँ बराबरको ८०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीहरुको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।