सबै म्युचुअल फण्डहरुको एनएभी अंकित मूल्यभन्दा माथि

Oct 15, 2020 06:04 PM Merolagani

सबिना बजगाई 

भदौ महिनामा हाल सञ्चालनमा रहेको म्युचुअल फण्डहरुको प्रतिशेयर खुद सम्पत्ती मूल्य अर्थात एनएभी अंकित मूल्य भन्दा माथि पुगेको छ। प्रति इकाइ १० रूपैयाँ अंकित मूल्य रहने यी फण्डहरूकाे एनएभी भदाै महिनामा साेभन्दा माथि पुगेकाे हाे। 

दोस्रो बजार अनुसार फण्डहरुको एनएभी घटबढ हुने गर्दछ। शेयर बजार बढ्दा सूचीकृत कम्पनीको शेयरमूल्य बढ्ने गर्दछ। सोही अनुसार म्युचुअल फण्डले लगानी गरेका स्टकको मूल्य बढ्दा फण्डहरुको खुद सम्पत्ति घटबढ हुने गर्दछ। खुद सम्पत्ति बढ्दा प्रतिइकाई खुद सम्पत्ति बढ्छ भने खुद सम्पत्ति घट्दा प्रतिइकाई खुद सम्पत्ति पनि घट्छ ।

भदौ महिनामा एनएभीका आधारमा सानिमा इक्वीटी सबैभन्दा अग्रस्थानमा रहेको छ। सानिमा इक्वीटीको सबैभन्दा धेरै १२.५२ रुपैयाँ रहेको छ। यसैगरी सिटिजन्स वानको १२.२५, एनएमबी हाइब्रिडको १२.१० रुपैयाँ रहेको छ भने सबैभन्दा कम नबिल ब्यालेन्स्ड फण्डको १०.८९ रुपैयाँ रहेको छ।

म्युचुअल फण्डहरुको रोजाइ कमर्शियल बैंक नै

म्युचुअल फण्डको प्रमुख लगानीको क्षेत्र शेयर बजार हो । जहाँ फण्डले अधिकांश रकम शेयर बजारमा लगानी गरेका हुन्छन्। शेयर बजारमा फण्डहरुलाई ठूलो रकम लगानी गर्ने लगानीकर्ताको रुपमा पनि लिने गरिन्छ। जसकारण बजारमा फण्डको लगानीलाई महत्वका साथ लिने गरिएको छ। 

१७ वटा म्यूचुअल फण्डहरुको सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुमा रहेको छ । यी फण्डहरुले भदौ महिनामा वाणिज्य बैंकहरुको शेयरमा ५ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ बराबरको लगानी गरेका छन्। यसैगरी सबैभन्दा कम लगानी अग्राधिकार शेयरमा रहेको छ । अग्राधिकार शेयरमा ग्लोबल आईएमई समुन्नतको मात्र १६ लाख ७१ हजार रुपैयाँ लगानी रहेको छ ।

समग्र लगानीमा सिद्धार्थ इक्वीटी अगाडि 

कम्पनीगत रुपमा हेर्दा सिद्धार्थ इक्वीटी फण्डको सबैभन्दा धेरै एक अर्ब ३१ करोड रुपैयाँ बराबरको लगानी रहेको छ। उसले सो महिनामा कमर्शियल बैंकहरुको शेयरमा ६७ करोड ४१ लाख, विकास बैंकमा ३ करोड ७० लाख, फाइनान्समा एक करोड १९ लाख, होटलमा एक करोड २८ लाख, माइक्रोफाइनान्समा १४ करोड १७ लाख रुपैयाँ लगानी रहेको छ। यसैगरी उसको लाइफ इन्स्योरेन्समा १२ करोड ६९ लाख, निर्जीवन बीमामा ९ करोड ९२ लाख, हाइड्रोमा ४ करोड ६५ लाख, उत्पादनमा २ करोड १५ लाख र अन्यमा १४ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी रहेको छ।

यसैगरी सानिमा इक्वीटीको एक अर्ब १४ करोड ५२ लाख रुपैयाँ, ग्लोबल आईएमई समुन्नतको एक अर्ब ८ करोड ३५ लाख, सिद्धार्थ इन्भेष्टमेन्टको ९८ करोड ९८ लाख रुपैयाँ बराबरको लगानी सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

शेयर बजारमा सबैभन्दा कम लगानी भने एनआईबीएल सहभागिताको १३ करोड ११ लाख रुपैयाँ बराबरको मात्र लगानी रहेको छ। त्यसपछि सिटिजन्स म्युचुअल फण्ड टू र वानको ३२ करोड २९ लाख र ३७ करोड ८८ लाख रुपैयाँ बराबरको लगानी रहेको छ।

फिक्ड डिपोजिट

फिक्ड डिपोजिटका आधारमा हेर्दा एनएमबी ५० सबैभन्दा अगाडि रहेको छ। उसको १८ करोड ७५ लाख रुपैयाँ फिक्ड डिपोपजटमा रहेको छ। यसैगरी सबैभन्दा कम ग्लोबल आईएमई समुन्नतको एक करोड रुपैयाँ मात्र रहेको छ।

डिबेन्चर/बन्डमा लगानी

डिबेन्चर बन्डमा एनएमबी हाइब्रिडको सबैभन्दा धेरै ३१ करोड ३१ लाख रुपैयाँ लगानी रहेको छ। सबैभन्दा कम एनआईबीएल सहभागिताको एक करोड २५ लाख रुपैयाँ बराबरको लगानी रहेको छ।

बैंक ब्यालेन्स

बैंक ब्यालेन्सका आधारमा हेर्दा लक्ष्मी इक्वीटीसँग सबैभन्दा धेरै ४६ करोड ७१ लाख रुपैयाँ रहेको छ। यसैगरी सबैभन्दा कम ग्लोबल आईएमई समुन्नतससँग २५ लाख रुपैयाँ बराबर रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।