अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.२९ अंक बढेर १५६२.४६ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ३.४४ अंक बढेर १५६५.९१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८९ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १० कम्पनीको २४ करोड ४८ लाख ६७ हजार ५९० रुपैयाँ बराबरको ८ लाख १६ हजार ३७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ।